७ बैशाख २०८१, शुक्रबार

 

उच्च शिक्षामा निजी लगानी केन्द्रित गर्न मन्त्री पाेखरेलकाे आग्रह

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा भएको निजी लगानी उच्च शिक्षामा केन्द्रित गर्न निजी विद्यालय सञ्चालकलाई आग्रह गरे । निजी तथा आवासीय विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनको १४ औं महाधिबेशनको उद्घाटन सत्रमा मन्त्री पोखरेलले यस्तो आग्रह गरेका हुन् ।

उनले भने ‘देशको बदलिएको परिवेशमा निजी विद्यालय सञ्चालकहरुको भूमिका माथि छलफलको खाँचो छ ।’ नेपाली विद्यार्थीले अष्ट्रेलियामा दुख पाएुको प्रसंगलाई उजागर गर्दै विद्यालय सञ्चालकहरुलाई उनले भने । तपाईहरुले विद्यालय शिक्षामा आफ्नो तेतृत्व, व्यवस्थापकीय क्षमता र उत्तरदायित्वको दृष्टिले प्रणाली निर्माण गर्नु भएको छ, म मन्त्रीको हैसियतमा आह्वान गर्छु अब तपाईहरु उच्च शिक्षामा आउनु पर्छ ।

राज्यले शिक्षामा लगानी गर्न नसकेको बेला अभिभावकको श्रोतबाट २१ प्रतिशत हिस्सामा निजी क्षेत्रको योगदान रहेको भन्दे मन्त्री पोखरेलले उनीहरुको उच्च प्रशंसा गरे । अहिले हामी नयाँ ठाउँमा छौं, परिस्थिती र भूमिका बदलिएको छ, यसलाई सही ढंगले बुझ्न र बदलिएको परिवेशमा भूमिकालाई बुझ्नु र बुझाउनु पनि तपाईहरुको दायित्व होु उनले भने, सार्वजनिक र निजी, गाउँ र शहर, प्रविधयुक्त र प्रविधि नभएको आधारमा शिक्षामा खाडल भएको जानकारी गराउदै त्यसका लागि केही त्याग गरेर समान बनाउन आवश्यक रहेको बताए ।

निजी विद्यालयमा पढेका विद्यार्थी विदेशीने क्रम बढदो रहेको तर्फ संकेत गर्दै उनले विद्यार्थीलाई यूरोप र अमेरिका नभई नेपालको सपना देखाउने बनाउन आह्वान पनि गरे । देशको बदलिदों व्यवस्था र संरचना सुहाउँदो शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र गुठिमा रुपान्तरण गरी नियमन गर्न सुझाव दिएको छ । उक्त सुझाव पछि विद्यालय सञ्चालकहरु आक्रोश रहेका बेला मन्त्री पोखरेलले लगानी र सम्पत्तिको सुरक्षा गर्न राज्य प्रतिवद्ध रहेको विश्वास दिलाउन खोजे ।

तपाईहरुको लगानी खेर जाँदैन, तर शिक्षा सेवाको क्षेत्र हो, अरु व्यवसाय जस्तो हैनु उनले भने, ुहामीलाई हिँडाउने संविधानले हो, संविधानले सार्वजनिक शिक्षा सवल र निजीलाई ब्यवस्थित र नियमन गर्न भनेको छ । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गाना र महासचिव राजेन्द्र वानियाले निर्माणको प्रकृयामा रहेको शिक्षा ऐन मार्फत् राज्य निजी लगानीका विद्यालय प्रति अनुदार बनन लागेको भन्दै मन्त्री समक्ष आपत्ति जनाएका थिए । उनीहरुको उक्त कुरालाई लक्षित गर्दै मन्त्री पोखरेलले निजी विद्यालयमाथि कुनै संकट नभएको र विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत नगर्न आग्रह गरे ।

ऐन निर्माण अघि सरोकारवालाको सहभागीतामा नीति बनाउने प्रतिबद्धता सहित मन्त्री पोखरेलले शंका निवारण गर्न आग्रह समेत गरे । एैन निर्माणका लागि छलफल बाँकी नै रहेकोले शिक्षा ऐन संसदको जारी हिउँदे अधिवेशनमा पेश नहुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी सभामुख कृष्णबहादुर महराले विभिन्न ब्यक्तिलाई प्याब्सनका तर्फबाट सम्मान गरे । विद्युत प्राधिकारणका प्रमुख कार्यकारी कुलमान घिसिङ्लाई प्याब्सन राष्ट्रिय रत्न ज्योती सम्मानबाट सम्मानित गरिएको घोषणा गरिएको थियो । घिसिङ् भने देश बाहिर रहेकोले उपस्थित भएनन् । निजी विद्यालय सञ्चालक तथा प्याब्सनका पूर्व अध्यक्ष समेत रहेका सांसद उमेश श्रेष्ठलाई प्याब्सन गौरव सम्मान प्रदान गरियो । जारी महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि वरियठ उपाध्यक्ष डीके ढुङ्गाना र सल्लाहकार टीका पुरी प्यानल बनाएरै नयाँ नेतृत्वका लागि चुनाबी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्