७ बैशाख २०८१, शुक्रबार

 

प्याब्सनको नयाँ नेतृत्व सहमतीमा, पुरी अध्यक्षमा चयन

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाईजेशनबाट (प्याब्सन) को नयाँ नेतृत्व सहमती कायम गरिने भएको छ । अध्यक्ष पद्का प्रत्यासी टीकाराम पुरीलाई अध्यक्ष र वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानालाई सह अध्यक्ष बनाउने गरी सहमती जुटाईएको हो । यसपटक निर्वाचनमा नजाने भएपछि सह अध्यक्षको पद थपेर सहमतीमा नयाँ नेतृत्व चयन गर्न लागिएको हो ।

पुरी र ढुंगाना दुबैले प्यानल सहित आ–आफ्ना नेतृत्वमा पक्षबाट उम्मेद्वारी घोषणा गरेका थिए । मंगलबार राती १२ पूर्व अध्यक्षहरुको पहलमा सहमती जुटाइएको हो । बरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानिया र महासचिवमा कुमार घिमिरेका नाममा सहमती हुने भएको छ । बाँकी पदहरुका बारेमा बुधबार बन्द सत्र शुरु हुन अगावै सहमती गर्नै प्रयास जारी छ । प्याब्सनको इतिहासमा उपत्यका बाहिरका विद्यालयबाट अध्यक्ष बन्ने पुरी पहिलो ब्यक्ति हुन् ।

 

अध्यक्षका आकाँक्षि पुरी र ढुङ्गानालाई राखेर पूर्व अध्यक्षहरु श्रेष्ठ, राजेश खड्का, लक्ष्यबहादुर केसी, विजय सम्बाहाम्फेले सहमतीको प्रयास गरेका थिए । उक्त छलफलमा विधान संशोधन गरेर सहअध्यक्ष थप गर्ने र त्यसमा ढुङ्गानालाई ल्याउने सहमती जुटेको एक सहभागीले बताए । निर्वाच मार्फत नेतृत्व चयन गर्दा मत विभाजन हुने र निर्वाचन दलिय स्वरुपमा जाने भएकोले पूर्व अध्यक्षहरुले सहमतीका पहल गरेका हुन् ।

 

पुरी नेकपा निकट र ढुङ्गाना काँग्रेस निकट हुन् । निर्वतमान अध्यक्ष सम्बाहाम्फेले निर्वाचन जित्दा प्रतिनीधिको भोट दलिय स्वरुपमा विभाजन भएको थियो । अघिल्ले पटक समेत प्रत्यासी रहेका पुरी पुरी यस पटक बाजी मार्न सफल भएका छन् । विधान संशोधन गरेर भएपनि प्याब्सनलाई आफ्ना पकडमा राख्न पूर्व अध्यक्ष श्रेष्ठ र खड्का सफल भएको एक सहभागीले जानकारी गराए । देशको बदलिदों व्यवस्था र संरचना सुहाउँदो शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षामा भएको निजी लगानीलाई १० बर्ष भित्र गुठिमा रुपान्तरण गरी नियमन गर्न सुझाव दिएकोले पनि त्यस बिरुद्ध जुध्न प्याब्सन पदाधिकारीले सहमतीमा जानु उत्तम विकल्प भएको बताए । करिब ४ हजार निजी विद्यालय आवद्ध प्याब्सन शिक्षामा निजी लगानी मार्फत शिक्षाको गुणस्तर सुधाढ भएको दाबी गर्ने संस्था हो ।

प्रतिक्रिया दिनुहोस्