१३ बैशाख २०८१, बिहीबार

 

सरकारलाई सभामुखकाे निर्देशन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर

काठमाडौं । सभामुख कृष्णबहादुर महराले मधेस र थरुहट आन्दोलनको अध्ययनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठीत आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाइ र्निर्देशन दिएका हुन् ।

सभामुखको निर्देशनपछि बैठक सूचारु भएको छ । राजपाको मागपछि सभामुख महराले अघिल्लो बैठकमा पनि लाल आयोगको प्रतिवेदनको अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निर्देशन दिएका थिए । मधेस र थरुहट आन्दोलनको अध्ययनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्