१६ चैत्र २०८०, शुक्रबार

 

नायिका रेखासहित समाजिक संजालमा सरकारको चर्काे आलोचना

काठमाडौं । सरकारले विप्लबलाई प्रतिबन्ध लगाउने कडा नीति अंग्नीकार गरेपछि  त्यसका बिरुद्ध सामाजिक संजालमा सरकारको चर्काे आलोचना भएको छ । जातिय अतिवादी सोचका सिके राउतसँग वार्ता गरी सहमती गरेको सरकारले विप्लवलाई प्रतिवन्ध लगाउने निर्णय गरेपछि सरकारको उक्त कदम नीति ठीक नभएको जानकारी गराउदै चर्काे आलोचना भएको हो ।

कुनै समय माओबादीमा प्रवेश गरेर प्रचण्डसँग सडक नृत्य गरेर चर्चा आएकी नायिका रेखा थापाले ट्वीटरमा आफ्नो भनाई सार्वजनिक  गरेकी छन् । थापा माओबादी त्यागेर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरिसकेकी छन् । उनले बर्तमान नेकपा सरकारको रवैया प्रति  चर्काे आलोचना गरेकी छन् । ‘यो सरकार कसले चलाएको छ?जर्बजस्ती  युद्ध थोपर्न पो थाल्यो देशभक्त ‘विप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको होरु प्रतिवाद हुने निश्चित छ,’ थापाले ट्वीटरमा लेखेकी छन्, ‘सरकारले जनातामाथि जबरजस्ती युद्ध लादन खोजी रहेको छ, जून क़ुरा दुर्भाग्यपूर्ण हुनेछ। आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो ।’

त्यसो त कुनैबेलाका प्रचण्डका अन्ध प्रसंशक समेत रहेका अनुभवी पत्रकार कुसुम भट्टराईले पछिल्ल्ा दिनमा सरकारको रवैया प्रति समाजिक संजालमाआपत्ती प्रकट गर्दै आएका छन् । सरकारको  बिरुद्धमा लेख्दै आएका भट्टराइले आफ्नो समाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘केही मानिसहरु विप्लव र बादलका पुराना संयुक्त तस्वीर शेयर गर्दै अहिलेको विद्रोहलाई ‘बादल भर्सेस विप्लव’का रुपमा व्याख्या गरिरहेका छन् ।’ बादलसँग तुलना गरेर विप्लवको अवमुल्यन गर्नु हुँदैन । ठिक बेठक जे भए पनि विप्लवको उचाई अब प्रचण्डकै हाराहारीमा पुगीसकेको छ ।

विप्लवको सँघर्ष बादलसँग हुदै हैन, हो भने, सोझै प्रचण्डसँग हो । बादल आफै सरकारमा कमजोर पात्र हुन् । उनले आफैले भनेका सिन्डीकेट हटाउने, ठेकेदारलाई कार्वाही गर्ने, एनजीओ आइएनजीओ निगरानी बढाउने आदि कुरा लागू गर्न सकेनन् ।

शान्ति सुरक्षाको सवाल हुन्जेल गृहमन्त्रीका नाताले यो बादलको सरोकारको विषय हुनसक्छ । भोली भिडन्त हुन थाल्यो भने यो इश्वर पोखरेलको सरोकारको विषय हुनसक्ला । समस्या चर्किदै गएपछि अन्ततः प्रचण्डले नाकाका चालले विप्लवसँग ‘वान टु वान’बार्ता नगरी धरै छैन ।

र, प्रचण्डले पनि विप्लवलाई केही दिनसक्ने हैसियत राख्दैनन् । प्रचण्ड पनि विचरा नै हुन् । ओलीसँग त झन दिने के नै छ र रु विप्लवको सँघर्ष अझै पनि नभत्कीएको पुरानो सत्तासँगै हो । जबसम्म हामी यो कुरा बुझ्दैनौं, तबसम्म बादल र विप्लवका तस्वीर राखेर आत्मरतीमा रमाउँछौं ।
जबसम्म भोक, अभाव, अशिक्षा, गरीबी, विभेद, शोषण, उत्पीडन, अन्याय, अत्याचार, बर्गीय विभाजन रहीरहन्छ, तबसम्म विप्लवहरुको उदय भइरहन्छ । यो कुरा प्रचण्ड, अ‍ोली, बादल आदि इत्यादिले माक्र्सबादमा पढेकै होलान् ।

त्यसैगरी उनले प्रदिप गिरीको भनाई उदृत गर्दै यही प्रसंगमा लेखेका छन्, विप्लवलाई ‘गलत’ भन्नका लागि मसँग प्रचण्ड, ओली, बादल आदि इत्यादिलाई ‘ठिक’ भन्ने आधार छैन । यही कारण विप्लवले अँगीकार गरेको बाटो जेजस्तो भए पनि कताकता ‘मास सेन्टीमेन्ट’ उनकै पक्षमा गएको देखिरहेको छु । यसको अर्थ जनता उनको पार्टीको ‘समर्थक भएको’ हैन, बरु उनको आन्दोलनप्रति ‘नकारात्मक नभएको’ हो ।

खासगरी विखण्डनकारी सिके राउतलाई ‘ज्वाई’ बनाएर विप्लवलाई ‘झड्केलो’ बनाएको देशभक्त, क्रान्तिकारी, लोकतन्त्रबादी र राजाबादीलाई समेत मन परिरहेको छैन । हामी निमुखा गरीब श्रमजिवीलाई त विप्लवको क्रान्तिले कता कता ‘सँचो’ महसुस गराइरहेको सत्य हो । खै किन हो कुन्नी रु गणतन्त्रलाई जहानीया शासनमा परिणत गरिरहेका अहिलेका शासकहरुको रवैयाप्रति गरीब जनतामा कुन हदसम्म घृणा पैदा भएको छ भने विप्लवले यसो ‘डाङडुङ गरिदिए हुन्थ्यो’ भन्ने सोच पनि कता कता पलाइरहेको छ ।

उदाहरणका लागि, एनसेलका टावरहरु ध्वस्त पार्नु गलत र गैर कानूनी हर्कत पक्कै हो । तर, अर्बौैं कर नतिर्ने त्यो कम्पनीमाथिको आक्रमणलाई जनताले निन्दा भन्दा पनि बढी ‘खुच्चीङ’ भनेको सुनीयो । यही कारण यस्ता केही घटनालाई आधार बनाएर विप्लवको पार्टीमाथि लगाइएको प्रतिबन्ध जनताका दृष्टिमा स्वागतयोग्य हुन सकिरहेको छैन ।कारण, मैले माथि उल्लेख गरीसकें, विप्लवलाई ‘गलत’ भन्नका लागि मसँग प्रचण्ड, ओली, बादल आदि इत्यादिलाई ‘ठिक’ भन्ने आधार छैन ।त्यसो एक पत्रकारले आफ्नो फेसबुक वालमा लेखेका छन् , ‘इतिहाँस कति निर्मम ? सँगै जनयुद्दमा लडेका बादलवाटै पूर्व सहकर्मी बिप्लबलाई राजनीति गर्न प्रतिवन्ध ।’

विप्लव प्रति सरकारले हिजो लिएको कडा रवैयाको सर्वत्र आलोचना भैरहेको छ । समयको गतिसँगै हिंसाका पक्षपाती विप्लवलाई दुत्कारेको समाजले सरकारको सिके राउतलाई सम्मान गरेर विप्लव प्रति  कडा रवैया अपनाएपछि सर्वसधारण नागरिकको सहानभुती प्रकट भएको छ ।  सरकारले नागरिकको मनोबिज्ञानलाई कसरी बुझ्छ ?

प्रतिक्रिया दिनुहोस्