१६ चैत्र २०८०, शुक्रबार

 

ढुंगाले हानेर विभत्स हत्या

काठमाडौं। बझाङ सदरमुकाम चैनपुरमा एक व्यक्तिको ढुंगाले हानेर हत्या भएको छ । सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुर्मा गाँउपालिका –१ दौलीचौर घर भएका अन्दाजी ३० वर्षीय हर्क बोहरा रहेका छन । हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानियले बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चौट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्