१२ बैशाख २०८१, बुधबार

 

म्यानपावर व्यवसायीले जापान कामदार पठाउन नपाउने

काठमाडौं । नेपाल–जापानबीच कामदार आपूर्तिबारे सहमति नजिक पुगेको छ । दुवै देशका प्रतिनिधिबीच एमओसीमा समझदारी जुटेको छ ।

दुई देशबीच सहमति भएपछि एमओसीको मस्यौदा दुबै देशको मन्त्रिपरिषद् बैठकमा पेश हुने तयारीमा रहेका छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर गर्ने योजना छ । त्यसैअनुसार सहमति जुटेको मस्यौदालाई मन्त्रिपरिषद्मा पठाउन लागिएको छ । जापानमा कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर दुबै देश सहमत भएका छन् ।

अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन् । नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् ।

दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, लागत, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् । जापान अन्तर्रा्ष्ट्रिय मान्यताअनुरुप नेपाली कामदारको आपूर्ति र कानुनी व्यवहार गर्न सहमत भएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्