१२ बैशाख २०८१, बुधबार

 

मन्त्री फेर्ने तयारी, यी मन्त्री जाने सम्भावना !

काठमाडौं । कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन् ।

साउनदेखि माघसम्मको मूल्याङ्कनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन् । यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणी पोरखेलले पनि योजनाअनुसारको काम गर्न नसकेको प्रधानमन्त्रीको कार्यालयले गरेको अनलाइन अनुगमनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्