७ बैशाख २०८१, शुक्रबार

 

पर्वतमा कभर्ड हल बन्ने

पर्वत । पर्वतमा तेक्वान्दोको कभर्ड हल निर्माण हुने भएको छ । तेक्वान्दो संघ पर्वतको सक्रियतामा तीन सय जनाभन्दा बढी क्षमता भएको कभर्ड हल निर्माण हुन लागेको हो ।

५० लाखको लागतमा निर्माण हुन लागेको उक्त हलको शिलान्यास गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङले जिल्लाले पछिल्लो समयमा खेलकुदमा प्रगित गरेको बताए । आगामी आठौ राष्ट्रिय खेलकुदमा जिल्लाबाट १५ जना खेलाडीहरु सहभागिताको लागि छनोट भएको बताउँदै गुरुङले खेलकुद क्षेत्रको विकासको लागि आफूले लागि परेको बताए । उनले जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा अहिले शसस्त्र प्रहरीको गण भएको र त्यसलाई हटाउने तयारी पनि भइरहेको उनले बताए ।

‘पर्वतमा खेलकुद मैदानको अभाव छ । हामीसँग भएको खेलकुद मैदान पनि शसस्त्र प्रहरीले कब्जा गरेको छ । यस विषयमा गृहमन्त्रालयमा छलफल चलिरहेको छ ढिलो चाँडो हामीले हाम्रो खेलमैदान फिर्ता पाउनेछौं’ उनले भने । शसस्त्र प्रहरीको गण नजिकै बन्न लागेको उक्त कभर्ड हलको लागि जिल्ला खेलकुद विकासको तर्फबाट हाललाई २ लाख सहयोग गर्ने पनि उनले बताए । बुधबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले उक्त कभर्ड हलको शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्