१२ बैशाख २०८१, बुधबार

 

राजधानीमा बन्दको आशिंक असर

 

काठमाण्डौ । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले गरेको नेपाल बन्दको देशभर आशिंक असर देखिएको छ । राजधानी काठमाण्डौंमा विद्यालयहरु बन्द् छन् भने सार्वजनिक सवारी साधन छिटफुट चलेका छन् ।

 

बन्द्ले देशभरको जनजीवनमा भय सिर्जना गरेको छ । बन्दको अघिल्लो दिन बुधबार साँझ विज्ञप्ती जारी गर्दै महासचिब नेत्र विक्रम चन्दले पार्टी संचालनका लागि चन्दा आफ्नो नौसर्गिक अधिकार भएको जनाएको छन्। विज्ञप्तीमा फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिमण्डलको बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिरोध गर्दैं उनले वक्तव्यमार्फत सरकारको निणर्यको प्रतिरोध गर्ने भाषामा विज्ञप्ती जारी छ ।

 

महासचिव विप्लवले २९ गते वक्तव्य निकाल्दै आफूहरूले कुनै विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली नगरेको जनाउँदै आफ्नै बलबुतामा नेपालको नयाँ जनावादी क्रान्तिलाई निष्कर्षमा पु¥याउने दाबी गरिएको छ । त्यसैका लागि ‘चन्दा उठाएको र यसरी चन्दा उठाउनु आफ्नो नौसर्गिक अघिकार भएको बताएका छन्। विप्लवले विज्ञप्तिमा सरकारले दमन गरे प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन्। ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइनेछ ’, विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा आफ्नो पार्टीले चुनाव बहिष्कार गरेयता सरकारले आफ्नो पार्टी र कारयक्रतालाई दमन गरिरहेको पनि बताएको छ। राज्यको दमनका क्रममा आफ्ना ३ कार्यकर्ता हत्या भएको र दर्जनबढि घाइते भएको जनाएको छ। अघिल्लो साता कपिलवस्तुको शिवपुरमा कथित अप्रेसनका नाममा स्थानीय युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेटमा लगेर गोली हानिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ – सरकारले कारवाहीलाई चन्दामा लगेर जोड्नु सरकारको भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल मात्र हो ।

प्रतिक्रिया दिनुहोस्