ताजा समाचार



पुरानो

फागुन ३० गते २०७५

बिरामी बोकेको एम्बुलेन्स पल्टियो

- नयाँविश्व सम्वाददाता,

कावासोती। पूर्वी नवलपरासीको चोरमारा र डण्डाकोबीच जंगलमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन ।

अरुणखोला रेडक्रसद्धारा सञ्चालित लु १ च ७४२५ नम्बरको एम्बुलेन्स बिरामी लिएर भरतपुर जाँदै गर्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते हुनेमा बिरामी ७४ वर्षीया मान कुमारी जैसी, उनका श्रीमान, छोरा र चालक रहेको प्रहरीले जनाएको छ ।

घाइते उनीहरुको अहिले कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

Leave a Reply