८ बैशाख २०८१, शनिबार

 

सेना कहिले राणाको, कहिले राजाको किन हुन्छ ?

बीपी कोईराला

फागुन २०१७ । आजदेखि लेख्ने बानी थाल्नुप¥यो । हामीहरु थुनिएको आज ठिक दुई महिना भयो । यी ६० दिन निराशा र आशाका तरङगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहेँ । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो । तरुण दलको सम्मेलनमा मैले आफ्नो उद्दघाटन भाषण समाप्त मात्र गर्न पाएको थिए । कि दरबारको एउटा कर्नेल समरराज बर्दिमा देखा परे । सम्मेलको कार्यक्रम जारी छ । कर्नेलले मेरो अंगरक्षक कप्तान महतलाई बाहिर लिएर गए । त्यसपछि हठात मिलीटरीको ओइरो सभास्थल भित्र प्रवेश ग¥यो ।

मेरो मानस पटलमा यी दृश्यहरु अंकित भैरहेका छन् , तर यी दृश्यहरुको वास्तविकताको बोध मलाई हुन सकेको छैन । यसप्रकारको मानसिक स्थितिमा म गिरफ्तार गरिए । आज दुई महिना पुग्यो । हामी चार जना शिवराज , जमानसिंह , प्रेमराज र म आर्मी क्लबको कोठामा राखीएका छौ । यस कोठालाई विलियार्ड रुम पनि भन्दछ । कोठा प्रसस्त ठुलो छ । कठोर शीतका ६० दिन यहि बिताए । यस पालाको जाडो साधारण जस्तो लाग्छ । शरीर जाडोले कठाड्ग्रिएको छ फुक्न पाएको छैन । जाडोसँग नतर्सिने मानिस म दिनहँु गृष्मको प्रार्थी भएको छु । शिशिरले वसन्तको घरमा निवास गर्न लागेको जस्तो छ । वसन्त ऋतुमा पनि शिशिरका सम्पुर्ण लक्षण आजसम्म त्यो हिँउ गलेको छैन । त्यसमा छोएर आएको हावाले सोझै मुटु छेड्छ । दिनभरि घाममा बस्छु तर सर्दी गएन ।

आजदेखि लेख्ने बानी थाल्नुप¥यो भनेर यी गन्थन थाले । मेरो लेखाइ निरुद्देश्य होला, जस्तचो मनमा उठ्ने र बिलाउने नानाथरीका विचार भावनाहरु असम्बन्धित र उद्देश्यहीन हुन्न, यदि मेरा यी गन्थनका लक्ष्य ममै सीमित रहे भने भन्ने सोचेर पत्रको रुपमा दिनहुँ तिमीलाई सम्बोधन गर्छु । मेरा यी डायरीका पाना हुन् अत्यन्त व्यक्तिगत । मेरा डायरी हेर्ने अधिकार तिमीलाई मात्रै छ । मेरो हृदयको अन्तर मनस्थलमा पनि तिमीलाई प्रवेश प्राप्त छ । त्यसो हुनाले निर्धक भएर यो पत्र मेरो डायरीको प्रथम पृष्ठमा तिमीलाई सम्बोध गरिरहेको छु । यो पत्र लेख्ने अर्काे पनि कारण छ । तिमीलाई सधै सम्झिरहन्छु भन्नाले पनि मेरो हृदयको भावना व्यक्त हँुदैन । बन्दी स्थलमा मेरो हृदयले अरु सबै कुरा पन्छाएर तिमीमा व्यक्त हँदैन । बन्दी स्थलमा मेरो हृदयले अरु सबै कुरा पन्छाएर तिमीमा मात्र एकान्त गृह बनाउन खोज्दछ । यसले पनि हो कि मेरो बन्दी जीवनका डायरीका पानाहरु पत्रको रुपमा तिमीलाई सम्बोधित हुन् ।

म दिनभरिका यावत् घटनाहरुलाई लेख्नेछु । आखिर बन्दीगृहमा के घटना घट्न सक्छ ? त्यसो हुनाले सारा दिनचयीका कुराहरु पनि नबिराई लेख्ने गरुला तर जेलभित्रको एक दिनको दिनचर्या अर्काे दिनको दिनचर्यासँग फरक हुन्दैन । रविबारको दिन जसरी मेरो समय बित्यो सोमबार, मङगलबार र अरु बारमा पनि उस्तै गरी दिन बित्छ । यहाँ एकनाससँग दिन बित्छ । यहाँ दिन बित्दैन , दिन काटिन्छ । बाहिर दिन भन्नाले समयको एउटा सानो नगण्य अवधिको बोध हुन्छ । यहाँभित्र भने त्यै दिन लम्बिएर सुरसाको बदन जस्तो हुन्छ । अजर अमर जस्तो यो दिन बडो मुश्किलसँग काटिन्छ , बडो चाम्रो हुन्छ यहाँको दिन । यदि घटनाहरु यहाँका अत्यन्त तेच्छ र निरर्थक छन् भने तिनीहरुको लिपिबद्ध गर्ने यसको एउटा प्रयोजन के भने यस उद्योगले समय काट्न केही मद्दत पाइन्छ ।

आज बडो अल्छी लागेर उठियो । बिछ्यौनाको चिया बनाउने प्रयत्नमा बालिएको स्टोभको एकनासको आवज कानमा नपरेको भए आत्मबल प्रयोग गरेर म यस्तो चिसोले व्यास भएको बिहानमा आफुलाई उठाउने थिइनँ । उठ्नु एउटा मानसिक प्रयत्न मात्र होइन एउटा बृहद् शारीरिक प्रयत्न पनि हो । सुत्े बैग र सिरकले बेष्ठित शरीरलाई कसैको आलिङबाट फुत्काउनु जस्तो हुन्छ , मफलर र कानेटोपीले बाधिँएको टाउकोलाई स्वच्छन्द पार्ने अर्को क्रियामा शारीरिक शक्तिको केही न केही व्यय अवश्य हुन्छ । पानीमा चोभेको जस्तो चिसो वायु मण्डलमा आफुलाई हठात् उत्र्तिण गर । आङ तान । जाडोले एकचोटि यसो काँप ।

पढ्ने बत्ती बाल । बाथरुम जाने आवश्यकता शरीरले अनुभव गरेपनि म फेरि बिछ्याउनामा पसे । सिरक ओँढे र जष्कतयचथ या उजष्यिकयउजथ भ्बकतभचल बलम ध्भकतभचल को पाना उघारे चियाको प्रतीक्षामा बसे । पढ्न पटक्क मन लागेन प्रयत्न गर्दा पनि प्लेटोको विचारको तारतम्यलाई बुझ्न सकिनँ । अर्को पाता पल्टाए । शोपेन हाउअरले पनि मेरो मस्तिष्कलाई एकाग्रता प्रदान गर्न सकेन । यी दर्शनका कुराहरु पनि निरर्थक हुन् की? आज यो जाडोको बिहानमा यौटा उद्धिग्न मनलाई शान्त गरेर सङगठित पार्ने शक्ति यी निरर्थक प्रचार गरिएका विभिन्न दर्शनका मतहरुमा रहेनछ । की ? त्यसो त आज एकाग्रताको अभावमा मनले पुस्तकमा लेखिएका शब्दहरुको अर्थ अथवा मर्म ग्रहण गर्न सकेको भए पनि तिनीहरुको मत मतान्तरले मलाई के व्यवहारीक लाभ ? यो ज्ञान के नारीको आभूषणजस्तो अभिमान देखाउने वस्तु होइन ? आज मलाई ज्ञानले पनि शान्त्वना दिन सकेको छैन । यसको पनि लोभ मलाई रहेन ।

चिया आयो । पहिलो गिलास सदा , जसमा कागतीका केही थोपा मैले निचोर । त्यसलाई सिध्याएपछि अर्काे गिलास चिया फिक्का हर्लिक्समा बनाएको र चिनी सिरानीनेर मैनबत्ती बालेर केही पढिरहेका छन् । शिवराज चिया आएपछि उठे । जमानसिंह बिहानको चिया पिइसकेपछि प्रेमराजले सन्तरीलाई ढोका उघार्न भने र फुर्तिका साथ बिछ्उनाबाट तल झरेर दिनचर्या प्रारम्भ गरे । त्यसपछि जमानसिंह विस्तारै उठ्छन् र मञ्जन र साबुन लिएर प्रेमराजको लगत्तैपछि कोठाबाट बाहिर निस्किन्छन् र उनले पनि आफ्नो दिनचर्या प्रारम्भ गरे । शिवराज सिगरेट बालेर सुतीसुती के सोचिरहेका छन् बीचबीचमा सिगरेटको बाटो लामो सर्काे तान्छन् । ढोकाको कापमा उनले सिगरेटको टुप्पोको आगो बीचबीचमा उज्यालो भएर बलेको देखिन्छ । जब जब ऐनामा टुप्पोको आगोको राप बढेको र उज्यालो भएको म देख्दछु मलाई थाहा हुन्छ शिवराज कसेर सिगरेटको सर्काे तानिरहेका छने । एकछिन पछि तिनी पनि उठ्छन् र मञ्जन र साबुन टिपेर बाहिर निस्किन्छन् ।

म बिछ्याउनामा बसी बसी यी सब कुराहरु हेरिरहेको छु । दर्शनको एउटा मोटो पुस्तक मेरो अगाडि खोलिएको छ । कलम र चश्मा खुलेको पातमा राखिएका छन् । मेरो देब्रे आँखा अनवरत फड्किरहेको छ । यसरी आँखा फड्किनु ? के अर्थ हो ? यति चार दिनदेखिको कुरा भइरहेको छ अनवरत बायाँ आँखा फड्किरहेको छ । केही घटनाको सुचक त होइन? शुभ या अशुभ ? पुरुषको बायाँ आँखा फड्कििन साधारण अशुभ मानिन्छ तर यसबाट व्यक्ति व्यक्तिको फरक फरक शुभ अथवा परिणाम लक्षित हुन्छ भन्ने पनि कुरा छ । यसप्रकारका कुराहरुबाट मैले के अर्थ लाउने ? प्रथमत यसप्रकारका सिद्धान्तहरुमा के वैज्ञानिक आधार पनि छ ? मेरो शिक्षित बुद्धिले यस्ता कुराहरुमा विश्वास गर्न चाहन्न । यी यावत कुराहरु रुढिगत अंधविश्वस हुन् तर मेरो हृदयको कुना कुनाबाट यस्ता कराहरुमा विश्वासको आधार निस्किन खोज्छ । विज्ञानले सम्पुर्ण सत्य त के त्यसको लक्ष लक्ष अंशको एक अंश पनि प्रास गर्नसकेको छैन ।

विज्ञान या बुद्धिबाट आगम्य वस्तु के अन्धविश्वसका कुरा हुन् ? जे होस् यता चार दिनदेखि बायाँ आँखा निरन्तर फडफडाइरहेको छ । शुभ या अशुभ परिणामको यो सङकेत हो कि भन्ने दृष्टिले यसका उपर म ध्यान राख्नेछु । लगत्तै केही घटना घट्न गयो भने यससँग त्यसको केही सम्बन्ध छ या छैन यो कुरा निश्चित रुपले जान्ने कुनै साधन छैन तर यस विषयका उपर आफ्नो ध्यान राखिछोड्नु कौतहलपुर्ण हुनेछ ।

बत्ति निभाएर म पनि बिछ्यौनाबाट ओर्लिए । दैनिक कार्यमा लाग्नु प¥यो । पेट ठीक छैन । यो मेरो पुरानो रोग हो । पेट पनि सफा भएन । दाँत मलेर सधैको जस्तो पाँच छ थरीका आसनहरु गरे । प्रेमराज र जमानसिंहले पहिले नै कसरत सिध्याए । बाहिर उनीहरु र शिवराज टहलिरहेका छन् । प्रेमराज एकछिन दौडन्छन् पनि । आसन गरेपछि जिउ हलुको जस्तो भयो । बिहानको खाजा रुचिका साथ खाइयो । सुन्तोलाको रस कुन्नि कसरी बनाउँछन् उति सफा नभए जस्तो लाग्छ । चीजको मात्रा अलि कम गरे । मक्खन बढी मात्रामा खाँए । तारेको अण्डाको ठाँउमा पोच बनाउनु भन्ने आदेश दिए । मह र केरा मिसाएर खाँदा स्वादिष्ट लाग्यो । हर्लिक्समा बनेको पातलो चियाको एक गिलास पिए । त्यसपछि हामी सबै बाहिर घाममा आयौ । पढ्ने उद्देश्यले टेबुलमा किताब थुपारे । घाममा पनि जाडै छ । चिसो बतास बगिरहेको छ । सर्दीले सिर भारी छ । पढ्न मन लागेन । कविताको पुस्तक लिए । टेनिसनको लोटस इटर नामको कविता पढँे र राम्रो लागेर आफ्नो कापीमा सारेँ ।

यस कविताको सङगीत मलाई मन प¥यो । आलम्य र श्रमजनित तन्द्रा सुखको वातावरण एक किसिमले मोहक पनि छ । शब्द सुन्दर छन् र वातावणलाई उपयुक्त बनाउन कवितामा शब्दध्वनि पनि उपयुक्त छ । मेरो आजको मनोभावना र मानसिक थकानको प्रतिविम्ब यसमा पाइन्छ ।घामले आङ केही तताएपछि जैतुनको तेल लगाएर सानो स्नान गरे । दिनको १२ बजिसकेको छ । भोजनलाई पर्खिदा तासका केही हात खेल्यौ । आज सुर्यग्रहण भएकोले दिनको भोजन निरामिष छ । मैले केवल दही, तरकारी फलफुल र मह खाँए ।

कुनै धार्मिक विचारले होइन, त्यसै एउटा लहडले तर के यसमा केवल एउटा लहड मात्र छ त कि म ग्रहणको दिनमा फलफुलको आहारमात्र ग्रहण गरिरहेको छु ? कता कता मेरो मस्तिष्कमा लुकेको शुद्ध धार्मिक सैदान्तिक , दार्शनिक होइन भावना अथवा संस्कृति अथवा शिक्षाले त यो प्रेरणा दिन थालेको होइन भावना अथवा संस्कृति अथवा शिक्षाले त यो प्रेरणा दिन थालेको छैन । जे होस् , भोजनले शरीर हलुको गरे जस्तो लाग्यो । मनमा पनि फुर्ति आएजस्तो भयो । कैले कैले यसप्रकारको भोजनले मेरो शरीरलाई फाइदा हुन्छ कि धार्मिक संस्कार अवशेष छ भन्ने लाग्छ ।

आज अड्डा बन्द भएकोले अखवार पाउदैनौ । जेलमा यो ठुलो यातनाको कारण हुन्छ । एक त हामीलाई जुन प्रकारले बन्दी बनाएर राखिएको छ , जसमा हामी बाहिरसँग कुनै सम्पर्क राख्न सक्तैनौ परिवारका सदस्यहरुसँगसम्म पनि चिठी पत्र गर्न पाउँदैनौ , त्यसमा समाचार पत्रको एउटा ठुलो साहारा हुन्छ । हामीहरु यहाँ बाहिरका पत्रपत्रिकाहरु पाउँदैनौ । काठमाडौँमा प्रकाशित र आजकल ती बुलेटिनहरु हामीलाई गाली गर्न स्वतन्त्र बनाइएका पत्र मात्र हामीले पाउने गरेका छौ । त्यो पनि आज बन्द छ । केही दिनदेखि यी काठमाडौका पत्रहरु पनि नियमित रुपसँग हामी पाउँदैनौ । कल्पनालाई सरकाले बन्द गरिसकेको छ ।कल्पना पढ्दा केही रहर लाग्थ्यो , किनभने वर्तमान प्रशासनिक व्यवस्थाको सम्बन्धमा बडो तार्किक विवेचना यसका सम्पादकियमा रहन्थे ।

यो सरकार सबभन्दा घबडाउँछ तर्कपुर्ण आलोचनादेखि । यसको स्थापना विशुद्ध सैनिक बलमा भएको छ , त्यो सैनिक बल पनि दरबारमा रहेका २०००–२५०० सैनिकहरु मात्र निहित छ । यसको अरु कुनै आधार छैन । त्यसो हुनाले यसका प्रवक्ताहरुले दिएका वक्तव्यहरु परस्पर विरोधी हुन्छन् । कल्पनाको सम्पादकले सजिलैसँग यो तारतम्यपट्टि पाठकको ध्यान लक्षित गर्न सक्थ्यो । तसर्थ कल्पनाले बन्द हुनु प¥यो तर आज कल्पना मात्र होइन, अरु पत्रहरु पनि हामीले पाउँदैनौ । यस कुराले मलाई भन्दा पनि बढी शिवराजलाई कष्ट हुन्छ । वहाँ बडो सुक्ष्मताका साथ प्रत्येक पत्रलाई ध्यानपुर्वक पढ्नुहुन्छ , र प्रत्येक समाचारको अर्थ लाउने प्रयत्न गर्नुहुनछ ।

यद्यपि प्रत्येक समाचारको केही विशेष अर्थ हुदैन , तर हामीले बाहिरबाट निर्दोषमा अर्थहीन समाचारलाई केलाएर मथेर आफुलाई चाहिने अर्थ झिक्नुपर्छ । पंक्तिहरुका मध्यमा लुकेको अर्थ छ भने त्यसलाई पत्ता लगाउनुपर्छ । यो हाम्रा लागि बडो गाहारो, जासुसी काम भएको छ । मलाई यस उद्योगमा विशेष रुचि छैन, तर समाचारहरुले निश्चय नै थिनिएर बसेको विचारलाई कल्पनाको पङख दिन्छन् । शिवराज भने समाचारको अध्ययनबाट ठुलो तर्क वितर्क गर्न थाल्छन् ।

दिनभरि मैले केहि पढिन । यताउति कुराकानी र तासले दिन बिताइयो । चार बजेतिर चिया खाएर टहल्न गयौ । प्राय ४५ मिनेट जति टहल्यौ । म एकछिन कसरत गर्छु सुर्य नमस्कार , र प्राणयाम । प्राणायाम यहाँ आएपछि थालेको छु ।हामी चारैतिबाट संगिनको पहरामा छौ । हाम्रो कोठाभित्र दुइटा सन्तरी रहन्छन् , दुवै ढोकामा पहरा चढाएर । पश्चिमपट्टिका झ्याल ढोका एकदम डम्म थुनिएर राखिएका छन् । बाहिर नानाथरीका पाल छन् तीनओटा पालहरु , अफिसरका लागि एउटा मेजर एउटा कयाप्टन , एउटा लेप्टेन्ट त्यसपछि दुइटा ठुलाठुला पालहरु छन् एकदम शायद एकदम साना अफिसहरु जस्तै हबलदार , सुवेदार , जमदार नायक इत्यादिका लागि, अर्काे ठुलो पाल सिपाहीहरुका लागि ।

कहिलेकहिले यी पालहरुको पर्दा उघ्रिदाखेरि बे्रनगन र राइफलहरुको चक्किएको पंक्ति हामी देख्न पाउँछौ । एउटा हाम्रो सानो नुहाउने पाल छ र तिनहोटा साना साना पाल हाम्रो दिसा टट्टिको लागि खडा गरिएको छन् । यसमा मैले एउटा पाल आफ्नो निवृत्तिका लािग एकलौटी पारेको छु । यीनीहरुका अतिरिक्त प्राय सात ठाउँमा सन्तरी पोष्ट बनेको छ । जसमध्ये तीन ओटा तर टेनिस कोर्ट छ जहाँ हामीहरु दिउसोको भोजनसमम समय बिताउँछौ र बेलुका टहल्ने काम सिध्याएपछि सुस्ताउन बस्छौ , को तीनतिर बनेको छ । अरु चार ओटा ठाउँ टाढा छन् । हामी बेलुका टहल्न लाग्दा चारैतिर सुसज्जित शस्त्रधारी सिपाहीहरु तैनाथ हुन्छन् । बडो विचित्र दृश्य हुन्छ ।

आज साँझमा टहल्दा टहल्दा सैनिकहरुको विषयमा कुरा गर्न थाल्यौ। छलफलको विषय थियो , सेनाको रोल नेपालको सेनाको अहिलेसममको के के रोल भएको छ ? के यो मर्सिनरी हो ? नभए कहिले राणा राजाको हातमा किन सजिलैसँग आइजाइ गरिरहन्छ ? जनताको पक्षमा भने यो कहिले पनि भएन । यसप्रकारको सेनाबाट ठुलो खतरा छ जसको उदाहरण यसको प्रयोग भरखरै प्रजातन्त्रका विरुद्धमा गरियो । त्यसैले होला इतिहासमा क्रान्तिपछि जहिले पनि पुरानो सेनाको गठन प्रजातनत्र विरोधी र सामन्ती आधारमा भएको छ । कसरी यसबाट प्रजातन्त्रको रक्षाको आशा गर्न सकिन्थ्यो ?

आठ बजे बेलुकाको भोजन सिध्याएर नौ बजेतिर बिछ्यौनामा गइहाले । खाएपछि एकछिन आगो तापियो । बिछ्यौनामा जाने बित्तिकै निद्रा पर्ने हाइन, तर बाहिर कुर्सीमा बस्ने सट्टा बिछ्यौनामा ओढ्ने ओढेर लडेको धेरै सुविधाजनक लाग्छ । तिमीलाई थाहा छ , यो मेरो पुरानो बानी हो । यसो उसो ग¥यो बिछ्यौनातिर गयो । आजको दिन काटियो ।

सभार बीपी कोइरालाको जेल जर्नल पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्