१३ बैशाख २०८१, बिहीबार

 

‘हतियारसहित फेला परे गोलि चलाउनु’

काठमाडौं । नेत्रविक्रम चन्द समुहको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । निर्णय गर्नुअघि सरकारले पार्टीका मूख्य नेताहरुसँग छलफल नगरेको भन्दै उनीहरुले यस्ता निर्णयको स्वामित्व लिएर हिड्न समस्या पर्ने उल्लेख गरेका छन् ।

सर्च एण्ड एरेस्ट अपरेसनः चन्द समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालीकोटमा प्रहरीले ‘सर्च एण्ड एरेस्ट अपरेसन’ शुरु गरेको छ । प्रहरीले मंगलबार र बुधबार राति जिल्लाको माल्कोट, कोटवाडा, मुम्रा, फुकोट, रेगिंललगायतका ठाउँमा सर्च गरेको थियो ।

गोली हान्न निर्देशनः सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समुहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत दिइएको सूचनामा भनिएको छ–‘हतियारतसहित फेला परे तत्काल फायर खोल्नू ।’

यस्तो छ प्रहरी नीतिः चन्द समुहका गतिविधि निस्तेज पार्न प्रहरीले पक्रने, हिंसात्मक गतिविधिमा संलग्न भेटिए फौजदारी मुद्दा चलाउने र सामान्य गतिविधि मात्रै गरेको भए सार्वजनिक सुरक्षा ऐनअनुसार कारबाही गर्ने नीति लिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्