१५ चैत्र २०८०, बिहीबार

 

‘मलाई मार्ने षड्यन्त्र गरेको माइनुटको सूचना पाए ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले प्रचण्डको नक्कल गर्नु भ्रम रहेका बताएका छन ।
वाइसिएल नेपालले केन्द्रीयकार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियो, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो ।

उनले प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र बताए । ‘त्यो भ्रमले कहिँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिईराखेको छु’ प्रचण्डले अगाडि भने,‘ हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।’
सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्