१३ बैशाख २०८१, बिहीबार

 

बागलुङमा बम भेटिएको हल्ला !

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आव्हान गरेको नेपाल बन्दले बागलुङ जिल्लाको जनजीवन प्रभावित भएको छ । विप्लव समूहको बन्दको अव्हानले सदरमुकाम तथा पश्चिम क्षेत्रका बासीन्दाको जनजीवन प्रभावित भएको हो । शैक्षिक संघसंस्था, उद्योग कलकारखानाठप्प भएका छन् । सडकमा सवारी साधन छिटफुट बाहेक चल्न सकेका छैन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी चिरञ्जीवी कोइरालाका अनुसार जिल्लाभर बन्दको प्रभाव भएपनि अप्रिय घटना नभएको बताए । बिहान १० बजे बागलुङ– ३ आरेपाखामा बम भेटियो भन्ने खबर आएको थियो उनले खबर पाउन साथ प्रहरी र सेनाको टोली त्यसस्थानमा गएपनि बम नभएपछि फिर्ता आयो ।

कसैले बाटोमा बम जस्तो शंकास्पद बस्तु फ्याकेर नागरिकलाई त्रसाउन खोजेको उनले बताए । जिल्लाका पश्चिक्षेत्रमा पनि बन्दको आंशिक प्रभाव परेको कोइरालाको भनाई छ । बुर्तिबाङ, गलकोट, जैमनी लगाएतका ठाउँहरुमा बन्दको आंशिक प्रभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्