७ बैशाख २०८१, शुक्रबार

 

स्वास्थ्यमन्त्रीद्वयले गरे अंगदान घोषणा

सन्ताेष श्रेष्ठ

काठमाडौं । विश्व मृगौला दिवसको अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले मरणोेप्रान्त आफ्नो अंगदान गर्ने घोषणा गरेका छन् । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममा मन्त्री यादवले मृगौला रोगीको संख्या बढेको बताउँदै सिमित स्रोत र साधनको अभावका कारण भनेजस्तो उपचार दिन नसकेको बताए । देशका विभिन्न ठाउँमा किडनी ट्रान्सपलान्ट सेन्टर स्थापना गरी स्रोत साधनको व्यवस्था गर्दै जाने मन्त्रीले बताए ।

मन्त्री यादवले रोगको उपचार भन्दा रोग लाग्न नै नदिनुनै उत्तम विकल्प भएको बताए । सो अवसरमा राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले मस्तिक मृत्युपछि अंगदान गर्न सकिने ऐनमा व्यवस्था भएपनि जनचेतनाको कमिले कार्यान्वयन हुन नसकेको बताए । उनले ‘जीवनभरी रक्तदान र मृत्युपछि अंगदान’ को नारा देशव्यापी बनाउनुपर्ने बताए । त्यस अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अंगदान सम्बन्धि नीति र उपचारमा नेपाल अगाडि रहेको दाबी गरे । प्रत्यारोपण केन्द्रको आयोजनामा अंगप्रत्यारोपित,अंगदाता र मेडिकलका कर्मचारीबीच खेलकुद प्रतियोगिता भएको थियो ।

सो अवसरमा सामाजिक अभियान्ता तथा हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नेपालका लागि अस्टे«लिया तथा कोरियाका राजदूत लगायतको उपिस्थति रहेको थियो ।

फोटो: सन्तोष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्