१६ चैत्र २०८०, शुक्रबार

 

रोटरी क्लवद्धारा किसानलाई बाख्रा वितरण

बागलुड ।रोटरी क्लव अफ बागलुडद्धारा किसानलाई बाख्रा वितरण गरेको छ ।किसानलाई आय आर्जनसंग जोड्न बाख्रा वितरण गरिएको कार्यक्रमको संयोजक भवनराज बरालले बताउनु भयो । बागलुड नगरपालिका वडा नं ९ तित्याडको बुकिनिको ८ जना किसानलाई ८ वटा बाख्रा वितरण गरिर्एको थियो ।किसानलाई ५० हजार बराबरको बाख्रा वितरण गरिएको क्लवको अध्यक्ष विणा कार्किले जानकारी दिइन ।उक्त गाउँमा जगतबहादुर थापाको ९ सदस्यीय रोटरी सामुदायिक समूह गठन गरिएको छ ।

उक्त अवसरमा सेन्चुरी बैंक बागलुड शाखाको प्रबन्धक दिपक शर्माले ग्रामिण भेगको जनताको जीवन स्तर माथि उठाउन सबै गाउँलेलाई आर्थिक बजारसंग जोड्न र गाउँमा भएको संम्भावनालाई बाहिर ल्याउनु पर्ने विचार व्यक्त गरेका थिए ।वडा अध्यक्ष गणेश थापाले गाउँ र शहरलाई जोड्न गाउँको आर्थिक विकास गर्नु पर्नेमा जोड दिएका थिए ।किसानले एक वर्षपछि एउटा बाख्रा क्लवलाई बुझाउनु पर्ने र फेरि उक्त बाख्रा अर्को गाउँको किसानलाई वितरण गरिने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्