१५ चैत्र २०८०, बिहीबार

 

‘नेपालमा मृगौला रोगको उपचार विश्वस्तरको छ’ (भिडियाेसहित)

डा. पुकारचन्द्र श्रेष्ठ ( कार्यकारी निर्देशक)
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,भक्तपुर

नेपालमा मृगौला रोगी उपचारको अवस्था कस्तो छ । करिव १० वर्षअघि तपाईले नै शुरु गरेको मृगौला प्रत्यारोपण सेवाबाट कति लाभन्वित भए ?

नेपालमा मृगौला रोगीको उपचार अन्तर्राष्ट्रिय स्तरको छ, भन्न सक्ने भएका छौं । साथै प्रत्यारोपणको सेवा पनि उपलब्ध गराउन सफल छौं । सन् २००८ बाट वीर अस्पतालबाट त्यो सेवा पनि मैले नै शुरु गरेको थिए । अहिलेसम्मको उपलब्धीलाई हेर्दा सन्तोषजनक छ ।
यो सेवालाई नेपालको वर्तमान संरचनाका ७ प्रदेशमा नै पु¥याउन सकियोस् भन्ने मेरो चाहना छ । लाभन्वितको कुरा गर्दा केन्द्रबाट अहिलेसम्म ५ सय ८७ जनाको मृगौला प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट विशेषज्ञ सेवासहित प्रत्यारोपण सेवा उपलब्ध छ । साथै राजधानीका महाराजगंज शिक्षण अस्पताल र वीर अस्पतालबाट पनि यो सेवा उपलब्ध छ ।

वार्षिक कति बिरामीले उपचार सेवा पाएका छन् । साथै प्रत्यारोपण गर्ने संख्या कति पुग्ने गरेको छ ?

वार्षिक करिब ३ हजार बिरामीले डायलसिससहित उपचार सुबिधा पाउने गरेका छन् । सिमित स्रोत र साधनका वावजुद पनि त्यति बिरामीले सुबिधा पाउनु भनेको ठुलो कुरा हो । केन्द्रमा वार्षिक करिव २ सय बिरामीको प्रत्यरोपण हुने गरेको छ । मृगौलाका बिरामी अहिले विदेशको महँगो सेवा लिन अन्य मुलुक जान नपर्नै अवस्था छ । प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई २ लाख र डायलसिस गर्नुपर्ने बिरामीलाई १ लाख रुपैया सरकारद्धारा उपलब्ध भैरहेको छ ।

करिव ३ वर्षअघि मानव अंग प्रत्यारोपण ऐन संसदबाट पारित भएको थियो । ऐन पारित भएपछि मृगौलाका बिरामीको उपचारमा कस्तो प्रभाव परेको छ ?

हो, ३ वर्षअघि सरकारले मानव अंग प्रत्यारोपण ऐन पारित गरेको हो । ऐन पारित भएपछि २ वर्षदेखि त्यो सेवा आरम्भ भएको छ । त्यसको कार्यान्वयन पक्ष अपेक्षाकृत सहज भने हुनसकेको छैन् । त्यसका आफ्नै कठिनाई रहेका छन् । नेपालको सन्र्दभमा बिरामीको अभिभावकले मात्र नभएर नाता समवन्ध प्रमाणित हुने,जो कोहीले मृगौला दान गर्न सक्ने सहज नेपालमा व्यवस्था गरिएको छ । अन्य देशमा त्यति सहज छैन् ।
सबैभन्दा महत्पूर्ण कुरा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण गर्न सक्ने व्यवस्था ऐनले गेरेको छ । एक ‘क्लिनिकल डेथ’ व्यक्तिसँग आठवटा अंग निकालेर १६ जनामा प्रत्यारोपण गर्न सकिन्छ । त्यो व्यवस्था ऐनले गरिदिएको छ । ऐनमा त्यो व्यवस्था भएपनि पूर्णरुपमा कार्यान्वयन गर्न सकिएको छैन् । काठमाडौंमा मात्र वार्षिक रुपमा १ हजार व्यक्तिकाे मृत्यु हुन्छ । तर परिवारले नबुझ्दा त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन् । २ वर्षको अहिलेसम्म जम्मा ३ जनाबाट ६ वटा मृगौला प्रत्यारोपण गरिएको छ ।
परिवारका सदस्यले बुझ्न नसक्दा कार्यान्वयनमा समस्या छ । त्यसका लागि क्रान्ति नै ल्याउन आवश्यक छ । सेवाका हिसाबले पनि पूण्यकार्य हुने भएकोले सबैले बुझ्न र बुझाउन आवश्यक छ । पश्चिमा देशमा करिव ८० प्रतिशत मृगौला प्रत्यारोपण मस्तिष्क मृत्यु भएकाहरुबाट हुने गरेका छ । आशा गरौं भबिष्यमा त्यो संख्यामा हामी कहाँ पनि बृद्धि हुन सकोस् ।

नेपालमा मृगौला बिरामीको अवस्था कस्तो छ ?

बिरामीको उपचार अन्य देशको तुलनामा सस्तो छ । नेपालमा सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गराइदिएको छ । वार्षिक करिव ३ हजार बिरामी थपिने गरेका छन् । थपिने सबै बिरामीलाई प्रत्याराेपण नै गर्नुपर्छ भन्ने हुँदैन् कतिपय डायलसिस गरिपछि ठीक पनि हुन्छन् । मृगौला प्रत्यारोपणको संख्या बृद्धि गर्नुपर्ने आवश्यक छ । अंगदान गर्ने बारेमा जागरण ल्याउन आवश्यक छ ।

मृगौला रोगबाट बच्न के गर्नु पर्छ ?

खासगरी मानिसले आफ्नो खान,पान र आहार बिहारमा ध्यान दिन आवयश्क छ । साथै वर्षमा एक पटक भएपनि मृगौला जाँच गराउन आवश्यक छ । रोग लागेको जानकारी हुन साथ समबन्धित चिकित्सक कहाँ पुगेर बिशेषज्ञ सेवा लिन सक्नु पर्छ ।

अहिले पनि भारत जाने बिरामीको संख्यामा कमी नआएको देखिन्छ त ? भारतको दिल्ली पुग्दा नेपाली बिरामीको संख्या उल्लेख्य पाईन्छ ?

हैन् त्यस्तो छैन् । परिवर्तन आएको छ । जाने क्रम पूर्ण रुपमा बन्द भएको छैन् । प्रशस्त सम्पत्ति हुने परिवारका लागि नेपालको भन्दा भारत लगायत विदेशको उपचार सेवा लिने संख्या छैन् भन्न सक्ने अवस्था छैन् । तर एउटा जानकारी गराउँ अहिले मृगौला रोगको उपचारमा भारत जाने मध्यम वर्गिय परिवारको संख्यामा उल्लेख्य कमी आएको छ ।

नेपालका बिरामी उपचारका लागि भारत पठाएर कमिसन खाने एजेन्ट पनि नेपालमा छन् भन्ने सुन्नमा आउने गरेको छ । त्यस बारेमा जानकार हुनुहुन्छ ?

कतिपय अवस्थामा नेपालका स्वास्थ्य ब्रोकर व्यावसायीले उपचारका लागि भारत पठाउने गरेको जानकारीमा आउने गरेको छ । खासगरी मृगौला र कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थाका बिरामीलाई पठाइन्छ,भन्ने जानकारी मैले पनि पाएको छु । त्यसका लागि यहाँहरु जस्तो पत्रकारले खोजी पत्रकारिता गरेर त्यस्ता कामका बारेमा तथ्यसहित उजिल्याई दिनुप¥यो । मैले प्राप्तको गरेको जानकारी अनुसार अंग प्रत्यारोपण गर्ने बिरामी उनीहरुको स्रोत बन्ने गरेका छन् ।
मृगौला रोगीको सन्र्दभमा उपचार सेवा भारतको भन्दा सस्तो र राम्रो भएकोले कतिपय बिरामी भारतबाट पनि नेपाल आउने गरेका छन् । साथै केही भारतीय बिरामीको प्रत्यारोपणसमेत नेपालमा भएको छ । नेपालमा ३ हजार जनाको मृगौला फेल हुने गरेको छ । त्यसका लागि आवश्यक भौतिक संरचना सहित बिशेषज्ञ जनशक्ति विस्तार गर्न सरकारले ध्यान दिन आवश्यक छ ।

नेपालमा भारतबाट पनि बिरामी आउँछन् भन्नुभयो । अहिलेसम्म कति बिरामीले यहाँ उपचार सेवा लिन सफल रहे ? साथै मृगौला प्रत्यरोपण गर्नहरुको संख्या कति छ ?

भारतबाट आएर उपचार गर्नैको एकीन सँख्या भएन् । आउने गरेका छन् । प्रत्यारोपण गर्ने भारतीय बिरामीको संख्या हुर्नुहुन्छ भने, मानव अंग प्रत्यरोपण केन्द्रमा मात्र २० जना पुगेको छ । त्यसैले बिरामी नेपालबाट मात्र जान्छन् भन्ने हैन कि भारतबाट पनि नेपाल आउने क्रम शुरु भएको छ । त्यसलाई व्यवस्थापन गर्न आवश्यक छ ।
नेपालबाट मृगौला उपचार गर्न विदेश जाने बिरामीहरुको खर्चमा संचिती भएको छ । जुन तथ्यले नै प्रमाणित गर्छ । वार्षिक करिब १ अर्ब रुपैयाँ नेपालबाट मृगौला रोगीको उपचारमा बाहिरिने गरेको थियो । अहिले त्यो रोकावट भएको छ ।

मानव अंगसँगै कलेजो प्रत्यारोपण पनि यहाँहरुको केन्द्रले शुरु गरेको छ । अहिलेसम्म कति बिरामीको कलेजो प्रत्यारोपण गरियो ?

हो, मृगौलासँगै मानव अंग प्रत्यरोपण अंग केन्द्रले कलेजो प्रत्यारोपण शुरु गरेको छ । अहिलेसम्म ४ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । बिशेषज्ञ चिकित्सकको कमी छ । त्यसलाई ध्यान दिन आवश्यक छ । अझै धेरै काम गर्न बाँकी छ ।

परिवर्तित अवस्थामा सरकारले स्वास्थ्य उपचारका क्षेत्रमा कति प्राथमिकता दिने गरेको छ । यहाँको अनुभव ?

नदिएको भन्न मिल्दैन् । जतिवेला म बेलायतको सेवा छाडेर नेपाल आए त्यतिबेला नेपालमा मृगौला प्रत्यारोपण गर्न सकिन्छ भनेर बुझाउनै कठिन भएको थियो । सन् २००८ मा म सहितको टिमले वीर अस्पतालबाट मृगौला प्रत्यरोपण सेवा शुचारु गरेका थियौं । बाधा,अवरोध र कठिनाइ रहे । तरपनि पछिल्लो पटक सरकारले मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरेर त्यसको नेतृत्व गर्ने अवसर मलाई नै दिएको छ । मानव अंग प्रत्यारेपण ऐनसमेत पारित गरिदिएको छ ।
उल्लेख गरिएका सन्र्दभले भन्न सकिन्छ, सरकार नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील भएको छ । तर लगानी र जनशक्ति बृद्धि गर्न आवश्यक छ । प्राथमिकताको कुरा गर्दा देशको प्रधानमन्त्री नै आफै मृगौला प्रत्यरोपण गरेको मानिस हुनुहुन्छ । वहाँले नबुझेको समस्या कसले बुझ्ला ? त्यसैले आफ्नो गच्छ अनुसार स्वास्थ्य उपचार सेवा प्रवाह गर्न गम्भीर छ, भन्ने लाग्छ ।

मानव अंग प्रत्यारोपण केन्द्रलाई विश्वविद्यालय बनाएर विशेषज्ञ जनशक्ति उत्पादन र सेवा प्रवाहलाई निरन्तरता दिन लागि परेको छु भन्नुहुन्थ्यो । त्यो योजना के हुदैछ ?

हो,मैले त्यो योजना मिडियाका साथहरुसँग सार्वजनिक पनि गरेको थिएँ । २ पटकसम्म ड्राफ्टसहित मन्त्रालयमा पुगेको पनि हूँ । तर काम अघि बढाउन सकिएको छैन् । मेचीदेखि महाकालीको बिरामी काठमाडाैं आउनुपर्छ भन्ने छैन् । स्थानीयस्तरमा त्यो सेवा सबैको पहुँच सबैसम्म पुगोस् भनेर त्यो योजना बनाएको हूँ ।

यहाँले सन् २००८ देखि अहिलेसम्म करिब १२ जना मन्त्रीहरुसँग काम गर्नु भयो नाम लिएर भन्नु पर्दा सबैभन्दा सहज कस–कसको कार्यकालमा भयो ?

धेरै जनासँग काम गरेको सत्य हो । त्यसमध्ये नाम लिनु पर्दा राजेन्द्र महतो, गगन थापा, गिरिराजमणि पोखरेल,खगराज अधिकारी,उमाकान्त चौधरी र वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नाम छुटाउन हुँदैन जस्तो लाग्छ । वहाँहरुले स्वास्थ्य सेवा सुलभ बनाउन पु¥याएको योगदान विर्सन मिल्दैन जस्तो लाग्छ । साथै स्वास्थ्य सचिव डा. प्रबिण मिश्रलाई बिशेष स्मरण गर्न चाहन्छु ।

भिडियाे हेर्नुहाेस्

 

प्रतिक्रिया दिनुहोस्