६ बैशाख २०८१, बिहीबार

 

दोलखामा बस दुर्घटना: २ को मृत्यु, २४ घाइते

काठमाडौं। दोलखामा मजदुर बोकेको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको छ । सिनो हाइड्रोले मजदुर ओसार्न भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । बस दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्