७ बैशाख २०८१, शुक्रबार

 

मस्जीदमा गोली चल्दा ४९ जनाको मृत्यु, २० गम्भीर

काठमाडौं । न्यूजील्याण्डको क्रिस्टर्चच शहरको दुई मस्जीदमा गोली चल्दा ४९ जनाको मृत्यु भएको छ भने, २० जना गम्भीर घाइते भएका छन् । न्यूजील्याण्डको प्रधानमन्त्री जेसिन्डा आर्डनले उक्त हमलालाई आंककारीले गरेको बताएका छन् ।
अज्ञात बन्दुधारीले अन्दाधुन्दा गोली चलाएको न्यूजील्याण्ड प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाएको भन्दै ४ जना अधिकारीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार स्थानीय समय १ः४० बजे मस्जीदमा भेला भएर नमाज पढीरहेको अवस्थामा बन्दुकधारी अज्ञात व्यक्तीले गोली चलाएको जनाएको छ ।

सिएनएन संवाददाता मोहन इब्राहिमका अनुसार बन्दुकधारीले मस्जीदको पटाडीको भ्यालको सिसा फोडी मस्जीदमा प्रवेश गरी अन्दाधुन्न गोली चलाएको र उक्त व्यक्ति अझै मस्जीदभित्रै रहेको दाबी बताएका छन् । उक्त मस्जीदमा २ सय भन्दा बढी प्राथनाका लागि भेला भएको अनुमानछ ।

प्रतिक्रिया दिनुहोस्