१५ चैत्र २०८०, बिहीबार

 

महिनावारीका बेला किन दुख्छ महिलाको स्तन ?

 

महिनावारीको समयमा केही महिलाको स्तन दुख्ने समस्या हुने गर्दछ । यतिबेला महिलाको स्तनमा गाँठो जस्तो महसुस हुने गर्छ । महिनावारीका बेला यस्तो समस्या देखिनु स्वाभाविक भएको डाक्टरहरु बताउछन् ।

किन दुख्छ महिनावारी हुँदा स्तन ?

महिनावारीपूर्व स्तन सुन्निने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ ।

धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ । महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ । त्यसरी नै मासिक धर्मको १४–२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ ।

पीडाबाट आराम पाउनका लागि सबैभन्दा पहिले आफ्नो ब्रा परिवर्तन गर्नु पर्छ । यसका साथै, मदिरा, क्याफिनयुक्त खानेकुरा र नुनिलो खानेकुरा निकै कम खानुहोस् । किनभने यसले पीडालाई बढाउने गर्दछ । नुनका कारण शरिरमा फ्लूइड रिटेन्शन बढ्ने गर्दछ जसका कारण पीडा थप बढ्न सक्छ । यसबाट बच्नका लागि आफ्नो खानामा बदाम, पालुङ्गो, केरा, गाजर, ब्राउन राइसलाई अत्यधिक मात्रामा समावेश गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्