१३ बैशाख २०८१, बिहीबार

 

‘युकी’ अर्थात् जापानको ड्रिम

बागलुङ । पछिल्लो समयमा अध्ययनको लागि होस् वा रोजगारको लागि जापान जानेहरुको संख्या ह्वात्तै बढेको छ । आप्रवासीका लागि जापान सरकारले पछिल्लो समय राजधानी टोकियोका लागि अलि बढि नै कडाई गरेको छ ।

कोरियामा जस्तै जापान सरकारले पनि नेपाली युवाहरुलाई वर्किङ्ग भिषामा लैजाने तयारी गरेकाे छ । जापान जाने सपना बुनेका युवा युवतीहरु अहिले जापानीज भाषा सिक्नको लागि विभिन्न इन्सिच्युटमा जान थालेका छन् ।

बागलुङबाट विदेश पढ्न र रोजगारीको लागि जाने युवापुस्ताको संख्या बढि छ । अहिले जापान सरकारले वर्किङ्ग भिषामा नेपाली युवाहरुलाई लैजाने भएपछि देशभरमा खुलेका जापानीज भाषा कक्षाहरुमा युवा पुस्ताहरुको चाप बढ्दो छ । बागलुङमा पनि विभिन्न भाषा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरुको सँख्या बढि छ । झण्डै ७ महिना अघि बागलुङ नगरपालिका–२ जीप पार्कमा खुलेको ‘युकी जापानीज ल्याङ्गोएज इन्स्टिच्युट’ अहिले जापान जाने र आफ्नो भविष्य बनाउने सोच बनाएकाहरुको लागि सजह माध्यम बनेको छ ।
करिब १६ वर्ष जापान मै बिताएका बागलुङका सुगम राजभण्डारीले जापानमासँगै पढेका र काम गरेका साथीहरुसँग सहकार्यमा बागलुङमा युकि नामक इन्स्टिच्युट खोलेका छन् ।

जापानमा बसेको र काम गरेको १६ वर्षको अनुभवको आधारमा आफूले यो इन्सिच्युट खोलेको राजभण्डारीले नयाँ विश्वलाई बताए । अहिले उनको यो भाषा कक्षामा ४५ जना विद्यार्थीले पढिरहेका छन् । युकीले जापानीज भाषाका कक्षा सञ्चालन गर्नुका साथै नेपालीहरुलाई जापान पठाउनको लागि आवश्यक कागजातपत्रहरु मिलाउने कामसमेत गरिदिने उनले बताए । ‘हामीले जापान जानेहरुको लागि भाषा कक्षा मात्रै होइन, उनीहरुलाई जापान पु¥याउनको लागि आवश्यक कागजातहरु मिलाउने देखि उनीहरुलाई जापान पुगेपछि पर्ने समस्याहरुको समधान गर्नेसम्मको काम गर्ने गरी यो भाषा कक्षा खोलेका हौं ’उनले भने ।

जापान जानको लागि जनवरी एप्रिल, जुलाई र अक्टोवरमा आवेदन भर्नुपर्ने राजभण्डारीले बताए । जापान सरकारले पछिल्लो समयमा आफ्नो नीति परिर्वतन गरेकाकारण नेपालीहको भिषा लाग्न कठिन हुने गरेको समाचारहरु बाहिर आइरहेका छन् । राजभण्डारीले समाचारमा आएजस्तो कठिन भने नभएको बताए । टोकियोका लागि कठिन भएपनि अन्य शहरको लागि कठिन नहुने बताए ।

जुपिटर अर्थात् भाषादाता

बागलुङ नगरपालिका -२ हल्लनचोकमा सन् २०१५ मा खृुलेको जुपिटर ल्याङ्वेज इन्स्टिच्युटले विभिन्न भाषा कक्षाहरु संचालन गर्दै आइरहेको छ । अहिलेसम्म करीब ३ सय जनाको भविष्य जुपिटरले बनाइदिएको छ । यहाँ अध्ययन गरेको विद्यार्थी सम्बन्धित गनतब्यमा पुगिसकेका छन् ।


जुपिटरमा जापानिज भाषा, नेपाली, अंग्रजी भाषाका कक्षाहरु संचालित छन् । जुपिटर ल्याङ्वेज इन्स्टिच्युटका संचालक नरहरी भण्डारी आफू जिल्लाकै उत्कृष्ठ नजिता ल्याउने इन्स्टिच्युट भएको दाबी छ । अहिलेसम्म करीब ३ सय जनाले सम्बन्धित बिषायकाे भाषा परीक्षा पास गरेका  छन् । करीब ४० जनाले यहि इन्स्टिच्युटबाट उत्र्तीण गरी विदेश  पुगेकाे उनले बताए ।

हामीसँग दुई दक्ष र अनुभवी शिक्षक छन् । अडियो, भिडियोमार्फत अध्यापन गराउँदै आएकाे उनले बताए । उनले भने – जुपिटर अरु इन्स्टिच्युट भन्दा फरक भएको र यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरुको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार छ ।  क्वालिटीमा कम्प्रमाइज गर्दैनौं, त्यहि भएर नै हामी अहिले ५ वर्षको निरन्तरतामा छौ  उक्त इन्स्टिच्युटमा बागलुङ, पर्वत र म्याग्दीका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेको उनले बताए । करीब चार लाख लगानीमा इन्स्टिच्युट संचालनमा ल्याएको उनले बताए । अहिले पनि हामीसँग ४० जनाभन्दा बढि विद्यार्थीहरु छन् । उनले भने–आगामी दिनमा यहिबाट नै विदेश जाने विद्यार्थीहरुको लागि सम्पूर्ण प्रक्रिया पूरा गर्ने गरी व्यवस्थित रूपमा संचालित हुने तयारीमा छौं ।

प्रतिक्रिया दिनुहोस्