७ बैशाख २०८१, शुक्रबार

 

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चालकसहित तीन प्रहरी घाइते

काठमाडौं । प्रहरीको भ्यानले रुपन्देहीको मणिग्राममा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीनजना प्रहरी घाइते भएका छन् । मोटरसाईकललाई बचाउने क्रममा प्रहरीको भ्यान सडक किनारको बारमा ठोक्किन पुगेको थियो ।

त्यसक्रममा प्रहरीतर्फ तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलापुर जनाएको छ ।

इलाका प्रहरी कार्यालय मंगलापुरबाट मणिग्रामतर्फ आइरहेको बा १ झ ८१०२ नम्बरको भ्यानले विद्युत कार्यालय अगाडि सोही दिशाबाट आइरहेको लु १७ प २४८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकललाई ठक्कर दिएपछि सडक बारमा ठोक्किन पुगेको उक्त भ्यानले बार समेत भत्काइदिएको छ ।

दुर्घटनामा घाइते हुनेमा मोटरसाईकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका १९ वर्षीय उमेश यादव, प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, जवानहरु किशोर जिसी र नगबहादुर खत्री रहेका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्