७ बैशाख २०८१, शुक्रबार

 

संसारका १० सर्वाधिक धनि व्यक्तिहरु, जस्काे कति छ सम्पत्ति ?

काठमाडौं । एमेजनका संस्थापक जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन्। यो सन् २०१९ को फोर्ब्स अर्बपतिको सूचीमा आधारित तथ्य हो। तथ्यांक अनुसार उनको अनुमानित सम्पत्ति १३१ अर्ब डलर बराबर रहेको छ । त्यसैका आधारमा उनी आधुनिक कालका सर्वधिक धनी व्यक्तिका रुपमा चिनिएका छन् ।

तर उनी संसारमा अहिलेसम्मका सबैभन्दा धनाढ्य व्यक्ति भने होइनन्। संसारका सबैभन्दा धनी व्यक्ति अहिले पनि १४औँ शताब्दीका पश्चिम अफ्रिकी शासक मान्सा मुसा हुन्।  उनले दिएको दानका कारण एउटा पूरै देशको अर्थतन्त्र धर्मराउन पुगेको थियो। मुसाको सम्पत्तिको अहिले गणना गर्दा उनी कति धनी र शक्तिशाली थिए भन्ने थाहा हुन्छ। ज्याकोब डेभिडसनले सन् २०१५ मा मनी डट कममा लेखेअनुसार ती अफ्रिकी राजा मान्सा मुसा अरूले अनुमान गर्न सक्नेभन्दा धेरै धनी थिए। सन् २०१२ मा सेलिब्रिटी नेट वर्थ नामको अमेरिकी वेबसाइटले उनको सम्पत्ति ४०० अर्ब डलर भएको अनुमान गरेको थियो। तर अर्थशास्रका इतिहासकारहरू उनको सम्पत्ति सङ्ख्यामा लेख्न असम्भव रहेकोमा सहमत छन्।

अहिलेसम्मका सर्वाधिक १० धनी व्यक्तिहरू

  • मान्सा मुसा(१२८०-१३३७, मालीका राजा): सम्पत्ति कति हो भन्नै नसक्नेगरी धेरै
  • अगस्टस सिजर (६३ इसापूर्व-१४इसं, रोमका सम्राट): सम्पत्ति ४६ खर्ब डलर
  • जाओ शु (१०४८-१०८५, चीनमा सङका शेनजोङका सम्राट): सम्पत्ति गणना गर्न नसकिने
  • अकबर पहिलो (१५४२-१६०५, मुगल सम्राट, भारत): सम्पत्ति गणना गर्न नसकिने
  • एन्ड्र्यु कार्नेगी(१८३५-१९१९, स्कटिश अमेरिकी उद्योगपति): ३७२ अर्ब डलर
  • जन डी. रक्फेलर (१८३९-१९३७) अमेरिकी व्यवसायी): ३४१ अर्ब डलर
  • निकोलाई एलेक्जेन्ड्रोविच रोमानोभ (१८६८-१९६७, रुसका जार): ३०० अर्ब डलर
  • मिर ओस्मान अली खान (१८८६-१९६७, भारतीय नवाब): २३० अर्ब डलर
  • विलियम द कन्क्वेरर (१०२८-१०८७): २२९.५ अर्ब डलर
  • मुअम्मर गद्दाफी (१९४२-२०११, लिबियाका लामो समय शासक): २०० अर्ब अमेरिकी डलर

बिबिसी

प्रतिक्रिया दिनुहोस्