१३ बैशाख २०८१, बिहीबार

 

राजपाले गर्यो आज पनि संसद अवरुद्ध

काठमाडाैं ।  राष्ट्रिय जनता पार्टी (राजपा नेपालले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै राजपा संसदहरु उठेर बैठक अवरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले राजपा सांसद लक्षुमण लाल कर्णलाई बोल्न समय दिनुभएको थियो । कर्णलेले लाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरेसम्म बैठक चल्न नसक्ने बताएपछि बैठक केहि समयको लागि स्थगित भएको हो ।
यसअघि सेरबहादुर देउवाको पछिल्लो नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायधिस गिरिसचन्द्र लालको संयोजक्त्वमा मधेस आन्दोलन, तरुहठ आन्दोलन लगायतका आन्दोलनका विषयमा सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न आयोग बनाएको थियो । आयोगले प्रतिवेदन बुझाएपनि सरकारले सार्वजनिक नगरेको भन्दै राजपाले पटक पटक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्