१६ चैत्र २०८०, शुक्रबार

 

पर्यटन पर्वद्धन गर्न घुम्टे र राम्चेढुङ्गा जोड्दै

वागलुङ । जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल घुम्टेको धुरीलाई पर्यटन प्रबद्धनसँग जोड्नको लागि राम्चेढुङ्गा पर्वद्धन गर्न शुरू गरिएकाे छ ।  उच्च पहाडी क्षेत्र मनोरम वातावरण, सुन्दर प्राकृतिक, दन्ते लहर झै हाँसेका दर्जनौं हिमालहरु र अग्ला पहाडले घेरीएको घुम्टेको काख राम्चेढुङ्गालाई घुम्टेसँग जोडेर विकास शुरू गरिएकाे हाे ।

जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियाबाट करिव दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने राम्चेढुङ्गा हालै पूर्वाधाहरु निर्माण गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो पहाडको रुपमा चिनिएको घुम्टेको धूरी तथा त्यहाँ अवस्थीत सिद्ध भैरव मन्दिरको दर्शन गर्न जाने पर्यटकहरुलाई राम्चेढुङ्गा हुदै लैजादा त्यहाँको पर्यटन विकास तथा टोकरी गाउँमा घरबास सञ्चालनका लागि राम्चेढुङ्गा पर्यटन विकास केन्द्र गठन भएर पर्यटन प्रबद्धनमा लागि परेको छ ।

समुन्दी सतह देखि तीन हजार १ सय मिटर अग्लो घुम्टे पहाडमा प्रत्य वर्ष वैशाखे पूर्णिमामा ठूलो मेला लाग्ने तथा मनोरम दृश्य र अनेकौ प्रजातीका गुराँस फुलेको हेर्न पुग्ने वाह्य तथा आन्तरिक पर्यटकहरुलाई राम्चेढुङ्गासंग जोड्नका थालिएको राम्चेढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष विष्णु थापाले बताए ।

घुम्टे जाने पक्की पदमार्ग समेत राम्चेढुङ्गा हुँदै निर्माण गर्न थालिएको छ । गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि राम्चेढुङ्गा हुँदै घुम्टे जाने ४ किलोमिटर पक्की पदमार्ग निर्माण गर्न थालिएको छ । हालसम्म ५०० मिटर पक्की पदमार्ग निर्माण भइरहेको र बजेटका लागि नगरपालिका हुँदै प्रदेश सरकारसंग आग्रह गरेको थापाले बताए ।

राम्चेढुङ्गाबाट धौलागिरी, माछापुछ्रे, मानापाथी लगायतका दर्जनौं हिमश्रृङ्खला, गलकोट उपत्यका, गाजाको धूरी, रमुवा, गुल्मीको रेसुङ्गाको डाडाँ, लगायतका दृश्य देख्न सकिने भएकाले राम्चेढुङ्गा पर्यटकीय हिसावले निकै संभावना रहेको स्थानीयकाे भनाइ छ । गलकोट नगरपालिका वडा नम्बर ७ मा रहेको राम्चेढुङ्गा धेरै संभावना बोकेको पर्यटकीय स्थल भएपनी प्रचारप्रसारको अभावमा ओझेलमा परेका कारण यतिबेला स्थानीयहरु प्रबद्धनमा जुटेका हुन ।

समुद्री सतहदेखि १ हजार ९०० मिटर उचाइमा रहेको राम्चेढुङ्गामा हाल पदमार्ग, , सडक सञ्जाल, खेल मैदान, बनभोज स्थल, शौचालय, खानेपानी लगायतका पूर्वाधार निर्माण भइसकेको र बन डिभिजन कार्यालयले बन वाटिका निर्माणका लागि अध्ययन गरिरहेको पर्यटन विकास केन्द्रले जनाएको छ ।

हाल गलकोट क्षेत्रका आन्तरिक पर्यटकहरु बनभोज खान र देश्य अवलोकनका लागि आउने गरेका छन् । राम्चेढुङ्गा प्याराग्लाइडिङको समेत सफल परिक्षण गरिएको छ । सरोकारवलाको आथिएक सहयोग तथा स्थानीयको श्रमदानमा राम्चेढुङ्गालाई थव व्यवस्थीत गराउन विस्तृत अध्ययन प्रतिवेदन –डिपिआर) निमार्ण गरी पक्की पदमार्ग, बगैँचा, विश्रामस्थल, मन्दिर, प्याराग्लाइडिङका लागि धावन मार्ग लगायतका संरचना पनि बनाउने योजना रहेको थापाले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटक राम्चेढुङ्गामा भित्राउनको लागि हामीले केही सूधारका कामहरु गरेका छौ,’ अध्यक्ष थापाले भन्नुभयो ‘सबै वूर्वाधार निर्माण भएमा घुम्टेजाने सबै पर्यटक यहाँ आउन सक्नेछन् ।’

राम्चेढुङ्गालाई व्यवस्थीत गर्न सके जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा कुनै शंका नरहेको कार्यावहाक वडा अध्यक्ष लोक बहादुर थापाले बताए । घुम्टेमा रहेको सिद्ध भैरव मन्दिर दर्शन मनोकांक्षा पुराहुने जनविश्वास संगै आवाश्यक पूर्वाधार निर्माण संगै पछिल्लो समय घुम्टे जाने पर्यटकहरुको संख्या ह्वातै बढेको घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । घुम्टे जाने पर्यटकलाई राम्चेढुङ्गा हुँदै घेम्टे पु¥याउने उदेश्यले राम्चेढुङ्गा हुदै पदमार्ग र घरबास सञ्चालनको तयारी रहेको राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्