७ बैशाख २०८१, शुक्रबार

 

सानेपामा नेविसंघकाे धर्ना

काठमाडौं – नेपाली कांग्रेसको पार्टी कार्यलय सानेपामा महाधिवेशनको माग गर्दैं नेविसंघका विद्यार्थीले धर्ना दिएका छन् । करिब दुई महिना अघि भंग भएको नेबिसंघमा  अहिलेसम्म तर्दथ समिती समेत गठन हुनसकेको छैन् ।

पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना शुरू गरेका हुन् । यस अघिपनि पार्टी नेतृत्वलाई त्यसरी नै धर्ना दिने क्रममा सानेपा कार्यलयमा प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो ।

नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राखेका छन् । पार्टी कार्यालय भवनको मुख्य प्रवेशद्वारमा नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा निवर्तमान पदाधिकारी र केन्द्रीय सहितको समुहले धर्ना दिएको छ । पार्टी केन्द्रीय समिति बैठक बिहान ११ बजे शुरू हुने जानकारी पाएका विद्यार्थीहरुले अगावै पार्टी कार्यलय पुगेर धर्ना दिएका छन् । पार्टीको गुटबन्दीको असर नेबिसंघमा समेत परेको छ । त्यसले गर्दा विद्यार्थी नेताहरु पनि गुटवन्दीको शिकार भएका छन् । विद्यार्थी संगठन तर्फ अन्य नेताहरुको गुटको तुलनामा सिटौला पक्षिय गुट बलियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्