११ बैशाख २०८१, मंगलवार

 

जैमिनीमा बिदेश पलायन रोक्न स्थानीयलाइ राेजगारमूलक तालिम

बागलुङ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा ३ दिने राेजगारमूलक मिस्त्री तालिम आइतबारबाट सुरु भएको छ । जैमिनी नगरपालिकाको दिगो विकास कार्यक्रम अन्तरगत जैमिनी नगरपालिकाको आयोजनामा नगरपालिकाका प्रत्येक वडाका कम्तिमा २÷२ जनाको लागी ३ दिने कालिगढ (मिस्त्री) तालिम सुरु गरिएको हो ।

तालिममा नापजाँच र नक्सा हेर्ने तरीका, वाल लगाउने, जाली तथा ग्याविन भर्ने, सोलिङ गर्ने, जग खन्ने लगाएतका कुराहरु सिकाइने तालिमका सहजकर्ता तथा नगरपालिकाका प्राविधिक प्रकाश पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा काम गरिरहेकाहरुलाई पनि थप अनुभव र नक्सा सम्बन्धी जानकारी, फिल्डमा नक्सानुसार काम गर्न सक्ने बनाउन सैद्धान्तिक ज्ञान दिने र अर्को चरणमा फिल्डमै गएर व्यवहारिक ज्ञान दिइने छ ।

अर्को चरणमा सिकेका सिपको समिक्षा र थप ज्ञान दिने तयारी छ । तालिम कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले बिदेश पलायन रोक्न नगरपालिकाले दिगो विकास अन्तरगत मिस्त्री तालिमको आयोजना गरेको बताए । स्यथानिय सिपले आफ्नै ठाउँमा रोजगार सिर्जना हुने उनले बताए । तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै उनले नगरपालिकाले यस प्रकारका सिपमुलक कामको पाठ्याक्रम नै निर्धारण गरि शिक्षा समेत दिनुपर्ने आवस्यकता  औँल्याए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले अब नगरले विकास चाहेकाले विकासको लागी दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ नगर उन्मुख भएको उल्लेख गरे ।  सिप सिकेर देशमै रोजगार गरे देश नै धनी हुने उल्लेख गर्दै शर्माले नगरबाट तालिम लिएर समृद्ध नगर निर्माण गर्न सबैलाई अग्रसर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्