७ बैशाख २०८१, शुक्रबार

 

दाङमा बस दुर्घटना

काठमाडौं । दाङमा भएको सवारी दुर्घटनामा परि २९ यात्रु घाइते भएको प्रहरीले जानकारी गराएको छ । रोल्पाबाट दाङ तर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्बरको यात्रुबहाक बस घोराही उपमहानगरपालिका वडा न. १३ बाह्रेकुने दहभन्दा एक किलोमिटर माथि दुर्घटना भएको छ ।

जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले बसमा २९ यात्रु सवार रहेकोमा २४ यात्रु सामान्य हेको तथा दुई जनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए।अपरान्ह करिब ३ बजे भएको दुर्घटनामा परि घाइते भएकाको उद्धार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइसकिएको प्रहरीले जानकारी गराएको छ । पहाडी बाटो पुराना गाडी र अपरिपक्क चालक र सहचालकका कारण र्दुघटना हुने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्