११ बैशाख २०८१, मंगलवार

 

जेल जानबाट बचे अनिल अम्बानी

भारत । भारतका चर्चित उद्योगपति मुकेश अम्बानीले भाई अनिलको ऋण तिरिदिएका छन् । अनिल अंबानीको दूरसंचार कम्पनी आरकमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४ सय ६२ करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएका हुन्।

१९ मार्च अर्थात आजसम्मको भाका दिइएको रकम नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिललाई ३ महिनाको जेल सजाय हुने उच्च अदालतले फैसला गरिदिएको थियो। दाजुले ऋण तिर्न सहयोग गरेपछि दाजु भाइको नातमा प्रगाढता देखिएको छ । संकटको समयमा दाजु मुकेशले भाई अनिल गरेको सहयोगले भारतीय मिडियामा चर्चा पाएको छ । एरिक्सनको ५५० करोड रुपैयाँ भुक्तानी गर्न आरकम सफल भयो। यसबाट भाई अनिल जेल जानबाट बचे। परिवारको मद्दतले ऋण मुक्त भएका भाई अनिलले आभार प्रकट गरेका छन्।

अनिलको नेतृत्वको रिलायन्स कम्युनिकेसन्समा दूरसंचार उपकरण बनाउने स्वीडेनको कम्पनी एरिक्सनको करिब ५५० करोड रुपैयाँ भुक्तानी नगर्दा अनिल समस्यामा परेका थिए। एक महिनाअघि नै उच्च अदालतले अनिललई चार हप्ताभित्र रकम चुक्ता नगरे जेल अदालतको अवहेलना अन्तर्गत जानुपर्ने आदेश दिएको थियो। यो सीमा मंगलबार सकिँदै थियो।

उच्च अदालतको आदेश अनुसार मंगलबार अन्तिम म्याद रहेको रकम सोमबार नै दाजुले ४६२ करोड रुपैयाँ तिरिदिएपछि अनिल जेल जानबाट जोगिएका छन्।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्