६ बैशाख २०८१, बिहीबार

 

होलीमा इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा

काठमाडौं । होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस होलीका अवसरमा काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजनासमेत लागू गरेको छ ।

प्रहरीले सकेसम्म होली पर्वलाई सुन्दर अनि शान्त पर्व बनाउने प्रयास गरेको बताएको हो । प्रहरीले यदि कसैको ईच्छा विपरीत रंग लगाईएको पाएमा तुरुत्न पक्राउ गरि हिरासत लैजाने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् । ती कार्यक्रमहरुको सुरक्षामा सम्बन्धित आयोजकका तर्फबाट स्वयमसेवकसँगै प्रहरी पनि खटिनेछन् । प्रहरीका अनुसार सबैलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोहोर्‍याए सार्वजनिक मुद्दा चलाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्