१३ बैशाख २०८१, बिहीबार

 

होलीमा भुलेर पनि नगर्नुहोस् यी ६ गल्ती !

काठमाडौं । होली पर्व रंगै रंगको पर्वको रुपले मनाउने गरिन्छ । कोही साथी सँग कोही आफ्न्तसँग होली खेलेर यो पर्व मनाउने गरिन्छ । तर होलीमा लगाइने विभिन्न किसिम का रंगहरुको समस्यामा पनि उत्तिकै रहेको छ । होली खेल्दा हर्बल मिश्रित कलरको प्रयोग गरिएको छ भने छालामा बढी इफेक्ट गर्छ । तयसैले होली नजिकिदै गर्दा होलीमा प्रयोग भएका रंगहरुको इफेक्टबाट कसरी बच्ने भन्ने बारे जान्नुपर्छ ।

–अनावश्यक कलरले छालामा विभिन्न समस्याहरु आउने भएकाले होली खेल्न निस्कनुभन्दा अगाड पुरु शरिरमा कपडा लगाएर निस्कने । त्यतिमात्र हैन सकिन्छ भने शरिरमा तोरीको वा अन्य कुनै तेल लगाएर निक्दा झन धेरै राम्रो हुन्छ । यसो गर्नाले छालामा देखिने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

–हर्बल तथा प्राकुतिक कलरहरु जस्तै बेसार, निमको पात आदि प्रयोग गरेको कलरले होली खेल्नु हुँदैन् । जसले शरिरको छालालमा नकारात्मक असर पुर्याउने भएकाले त्यस्तो कलर प्रयोग नगर्दा नै राम्रो हुन्छ ।

–होली खेल्न निस्कनुभन्दा अगाडी प्रसस्त पानीमा पिउनुपर्छ । केमिकलको प्रयोगले हाइड्रिक हुने सम्भावना धेरै भएकाले पानी बढी पिउनुपर्छ । लामो समय घाममा बस्नु खतराजनक हुन सक्छ ।

–होली खेल्न जानु भन्दा अगाडी टोनरको प्रयोग गर्नु राम्रो हुन्छ किनकी टोनरले छालाको भित्री भागमा कलरलाई छिर्न दिँदैन् ।

–छालामा कलर लागेपछि विस्तारै नरम कपडाले हटाउनुपर्छ । यदि कलर हटाउन पानीको प्रयोग भएको छ भने कलर सबैतिर फैलिन्छ र छालामा नकारात्मक असर पर्छ ।

–होली खेलेको रंग पखाल्नको लागि साबुन भन्दा फेसियल वा क्जिरको प्रयोग गर्नु उचित हुन्छ ।होली खेलेको रंग पखालिसक्दा पनि छाला पोलिरह्यो भने चिसो पानी वा मोइस्च्राईजिङ क्रिम लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्