१३ बैशाख २०८१, बिहीबार

 

राजपाको संयोजकमा भण्डारी

काठमाडौं । आलोपालो नेतृत्व गर्नेगरी गत संसदीय निर्वाचनको पूर्व सन्ध्यामा एकीकृत भएको राष्ट्रिय जनता पार्टी राजपाको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीसम्म आई पुगेको छ । यसअघि महन्त ठाकुर,राजेन्द्र महतो र महेन्द्र यादवले सम्हालिसकेको उक्त पदको अबको दुई महिनाका लागि भण्डरी समक्ष आइपुगेको हो ।

२०७४ साल वैशाखमा ६ तराइ केन्द्रित पार्टी मिलेर राजपा बनेको थियो। पार्टी गठनकै बेलामा चक्रिय प्रणालीमा संयोजक बन्ने भनिए पनि डेढ वर्षसम्म महन्थ ठाकुरले नेतृत्व गरेपछि  महतो र यादव समक्ष पुगेको थियो । राजपाले वैशाखको पहिलो हप्ता महाधिवेशन गर्ने निर्णय गरेको छ ।  भण्डारी कै कार्यकालमा महाधिवेशन भयो भने संयोजकका आकंक्षी अनिल झा र राजकिशोर यादवले संयोजक बिना नै महाधिवेशनबाट आफुलाई नेतृत्व सुरक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्