८ बैशाख २०८१, शनिबार

 

धर्म निरपेक्षता र संघीयता जनमत संग्रहबाट निर्णय गरिनु पर्छ : शशांक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा रहेको आफ्नो अभिमत होलीको अवसरमा पुनः स्मरण गरेका छन् । कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्छ भन्ने आफ्ना धारणा रहेको बताए ।
काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रममा हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यका बारेमा जनमत संग्रहमा जानु पर्ने धारणा आफुले पटक पटक सार्वजनिक गर्दै आएको बताए । धर्मनिरपेक्ष र गणतन्त्रका बारेमा पनि जनमत संग्रहमा जानु पर्छ उनको मान्यता छ । जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आग्रह गरे । जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार हुन उनको आग्रह छ । उनले यसअघि पनि पटक पटक मुलुकको धर्मनिरपेक्षताका बारेमा जनमत संग्रहमा गएर मात्र निर्णय गर्न सकिने भनाई सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्