८ बैशाख २०८१, शनिबार

 

बागलुङबासी जेष्ठ नागरिक राजधानीमा सम्मानित

काठमाडौं । राजधानीमा रहेका बागलुङबासी जेष्ठ नागरिकलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले हाेली पर्वको अवसर पारेर सम्मान गरेको छ । जेष्ठ नागरिकलाई सम्मान गर्नु उनीहरु प्रतिको सम्मान भएको आयोजकको भनाई छ ।

केन्द्रकी उपाध्यक्ष रसुमीला श्रेष्ठको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा २० जनालाई सम्मान गरिएको हो । अध्यक्ष श्रेष्ठले समाजले जेष्ठ नागरिकको सम्मानसँगै होली पर्वको परम्परागत महत्वलाई जर्गेना गर्न राजधानीमा बस्ने बागलुङबासीको उपस्थितमा यो क्रार्यक्रम गरिएको जानकारी गराईन् । कार्यक्रममा ७० बर्ष उमेर समुह भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई  मोती इन्द्र ट्रष्टले सम्मान गर्दै आएको छ । मोती  इन्द्र ट्रष्टका संयोजक श्रवणलाल शाक्यले हरेक बर्ष होली पर्वको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको स्मरण गरे । सम्मान कार्यक्रमलाई आगामी बर्षहरुमा पनि यसरी उल्लेख्य सहभागीताका साथ निरन्तरता दिने उनले बताए । सम्मान गर्ने जेष्ठ नागरिकलाई ट्रष्टले राजधानीका विभिन्न स्थानमा भ्रमण समेत गराउँदै आएको छ ।

 

होलीको अवसर पारेर गरिएको उक्त कार्यक्रममा समाजका सुमन शाक्य, किस्मतमनी श्रेष्ठ, चमेली शाक्य, दिपक चन्द्र प्रधान लगायतले शुभकामना आदानप्रदान गरेका थिए । साथै जेष्ठ नागरिकको दीर्घायुको पनि कामना गरिएको थियो । कार्यक्रममा समाजकी महिला समुह अध्यक्ष निर्मला श्रेष्ठले समुहले काठमाण्डौमा रहेर पनि बागलुङका विपन्न परिवारका बालबालिकालाई लक्षित गरी ‘खुट्टामा जुत्ता’ लगायतका कार्यक्रम संचालन गरेर समाज सेवामा उल्लेखनिय योगदान गरेको जानकारी गराइन् । समुहले बागलुङ र काठमाडौका सामुदायिक विद्यालयका विद्यार्थी केन्द्रित गरी शैक्षिक समाग्रीका अतिरिक्त पोशाक सहितका आवश्यक समाग्री उपलब्ध गराउदै आएको छ । कार्यक्रमको संचालन केन्द्रका सचिव स्वंयम प्रकाश श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्