४ बैशाख २०८१, मंगलवार

 

पोखरामा वर्डफ्लू देखिएपछि पर्वतमा सतर्कता

पर्वत । पोखरामा वर्डफ्लू देखिएपछि धौलागिरीमा सतर्कता अपनाइएको छ । धौलागिरी प्रबेश गर्ने नाका डिमुवाबजारबाट कुखुरा र पन्छीजन्य बस्तुहरु आयतमा रोकलगाइएको कुश्मा नगरपालिकाका पशु चिकित्सक रामजी प्रसाद पौडेलले जानकारी बताए ।
कास्की, चितवन,मकवानपुर लगायतका जिल्लामा कुखुरामा बर्डफ्लू भेटिएपछि यस क्षेत्रमा रोग फैलन नदिन आयतमा रोक लगाइएको पशु चिकित्सक पौडेलको भनाई छ । डिमुवाबाट बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा बोकेर आएका दुई वटा गाडी सम्बन्धित क्षेत्रमा फिर्ता पठाइएको छ ।कुस्मा र म्याग्दी तथा जोमसोम तर्फ बिक्रीका लागि लगिदै गरेका कुखुरा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो ।

पौडेलका अनुसार पहिलो दिनमा सम्बन्धित ठाउँमा नै फिर्ता गराइएको र पुन कुखुरा तथा मासु भित्राएको पाइएमा नष्टगर्ने र कार्बाही समेत गर्ने कार्यक्रम रहेको बताए । स्थानिय ब्यबसायी र स्वास्थ्यकर्मीको समेत उपस्थितिमा भित्रनलागेका कुखुराहरु कुनै पनि प्रमाणित कागजात बिनै बिक्रीका लागि म्याग्दी र मुस्ताङ्ग तर्फ लैजादै गरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्