८ बैशाख २०८१, शनिबार

 

बागलुङ,नारायणगढसहित सातै प्रदेशबाट शेयर खरिद गर्न सकिने

काठमाडौं । धितोपत्रको हकप्रद शेयर निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलाम सातै प्रदेश मुकामबाट गर्न सकिने भएको छ । त्यसले  शेयरमा   लगानी गरेका मोफसलका शेयरधनीलाई शेयर भर्न राजधानी आइपुग्नु पर्ने अवस्थाकाे अन्त हुने भएको छ ।

बोडका अनुसार प्रारम्भिक शेयर (आइपीओ) का लागि नभएर हकप्रद शेयरका लागि काठमाण्डौ उपत्यका वाहिरका प्रादेशिक शहरबाट समेत शेयरको आवेदन गर्न सकिने भएको छ । प्रदेश नं १, विराटनगर र विर्तामोड, प्रदेश नं २, विरगंज र जनकपुर, प्रदेश नं ३, हेटौंडा र नारायणगढ, प्रदेश नं ४ (गण्डकी प्रदेश),पोखरा र वाग्लुङ प्रदेश नं ५, वुटवल, घोराही र नेपालगञ्ज, प्रदेश नं ६ (कर्णाली प्रदेश),सुर्खेत र प्रदेश नं ७ (सुदुरपश्चिम प्रदेश) धनगढी र महेन्द्रनगर बाट उक्त सुविधा रहनेछ ।

शेयर बजारमा पुजी लगानी गर्न चाहने लगानीकर्ताका लागि धितोपत्रको हकप्रद शेयर आवेदन सहित खरिद गर्न  सहज हुने भएको छ । हकप्रद शेयर निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिनसक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार हुने अपेक्षा गरेको वोर्डले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्