१३ बैशाख २०८१, बिहीबार

 

बागलुङमा २५ जना विद्यार्थी एसईई दिनबाट बञ्चित

बागलुङ । बागलुङ जिल्लमक २५ जना विद्यार्थी एसईई परीक्षा दिनबाट बञ्चित हुने भएका छन् । कुल ५ हजार ५ सय ४८ विद्यार्थीमध्ये ५ हजार ५ सय २३ जना विद्यार्थी परीक्षाको लागि योग्य ठहरिएका छन् ।
२३ जना विद्यार्थी अयोग्य रहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख कुश्माराज उपाध्यायले बताए । ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षा दिनको लागि अयोग्य ठहरिएका उपाध्यायले नयाँ विश्वलाई जानकारी दिए ।

बागलुङ जिल्लामा ३१ परीक्षा केन्द्र तोकिएको छ । यहि चैत्र १० गतेदेखि हुने एसईई परीक्षाका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको प्रमुख उपाध्यायको भनाई छ ।

यस वर्ष बागलुङबाट प्राविधिक धारतर्फ १६८, ग्रेड बृद्धि १२० जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्