१३ बैशाख २०८१, बिहीबार

 

भारतद्वारा नेपाल ३–१ ले पराजीत

काठमाडौं । विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । बिराटनरगको शहिद रंगशालामा भएको फाइन खेलमा नेपाल विरुद्ध ३ –१ को जीत निकाल्दै उपाधि जीतेको हो ।
खेलको शुरुवातमा नेपालले दवाब बनाएपनि २६ औँ मिनेटमा डालिमा चिब्बरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

तर त्यस लगत्तै खेलको ३३ औँ मिनेटमा नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै बराबरी ल्याइन् । खेलको दोस्रो हाफमा नेपालमाथि दवाब बनाएको भारतले ६३ औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गर्दै भारतलाई पुनः अग्रता दिलाइन् ।
त्यस लगत्तै भारतले ७८ औँ मिनेटमा सन्जु यादवको गोलबाट ३–१ को जीत भारतले सुनिश्चत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्