७ बैशाख २०८१, शुक्रबार

 

समृद्धिका लागि झुोलुङ्गे पुलले टेवा दिन्छः अध्यक्ष तिमिल्सिना

बागलुङः राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले समृद्धिका लागि झोलुङ्ग पुलले टेवा दिने बताउनुभयो ।बागलुङ र पर्वत जिल्लालाई जोड्ने गरी निर्माण गर्न थालिएको नेपालकै लामो झोलुङ्गे पुलको आज शिलान्याश पछि बोल्दै तिमिल्सिनाले पुललाई आयात निर्यातका लागि प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले पुलै पुलले देशमा पर्यटन संभावनाको ढोका खोल्ने बताउनुभयो ।

पुलको निर्माणपछि बागलुडको आर्थिक बजारमा महत्वपुर्ण योगदान दिने बागलुड नगरपालिकाको मेयर जनक राज पौडेलले बताए ।यस पुलको निर्माणले पर्वत र बागलुडको कृषि ,व्यापार ,शिक्षा ,स्वास्थ्य ,पर्यटन लगाएतको क्षेत्रमा ठुलो परिवर्तन आउने र जनताको जीवनस्तरमा सुधार हुने मेयर पौडेलले बताउनु भयो ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरि निर्माण थलिएको झोलुङ्गेपुलको ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सन व्रिज डिभिजन कार्यालयका महानिर्देशक राम चन्द्र श्रेष्ठले बताउनुभयो ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलका दुई वर्ष भित्र सक्ने गरी सक्नेगरी हिमशिखर कन्स्ट्रक्सनले रु. ७ करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सन व्रिज कार्यालयले उपलव्ध गराउने छ । पुलको सबै निर्माण सम्पन्न गर्दा रु.१२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने छ ।

श्रेष्ठका अनुसार पुल निर्माण गर्दा वि.स. २०५९ बाट उक्त ठाउँमा पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको भएता पनि योजना पर्न सकेको थिएन । नेपालमा अहिलेसम्म यस्तो खालको पुल नबनेका कारण पुलमा राखिने लठ्ठा र लठ्ठा तान्ने मेशिनको अभाव भएकाले अत्रै मन्त्रालयले चीनबाट आवश्यक सामान खरीद गरेपछि पुल निर्माण कार्य शुरु भएको हो ।

श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुङ्गे पुल हुनेछ ।पुल निर्माण संगै बागलुङ र पर्वत जिल्लाको पर्यटन, आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्