१२ बैशाख २०८१, बुधबार

 

पाकिस्तानी अमानालाई छोडेर सुदिन किन गए पोर्चुगल ?

काठमाडौं । पाकिस्तानी युवती अमानासँग विवाह गरेर एकाएक चर्चामा आएका बागलुङ नगरपालिका १२ अमलाचौरका सुदिन आचार्य वैदेशिक रोजगारीका लागि पोर्चुगल उडेका छन् । बिहीबार बिहान सुदिन रोजगारीको शिलशिलमा त्यसतर्फ गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म छाड्नका लागि उनकी पत्नी अमाना सफिक र दाजु आएका थिए । विमानस्थलमका कुरा गर्दै सुदिनले आफ्नो प्रेमी अमानलाई छाडेर जादाँ दुख लागेको प्रतिक्रया दिए ।

सबै नेपालीले हाम्रो मिलन भएकाे थाहा पाइसकेका छन्,  फेरी आफ्नो करियर बनाउन पर्यो अमाना भनिन्   मन नभइकन पनि सुदिनलाइ बिदा गर्नुपर्ने भयाे । सुदिन १ वर्ष पछि अाएभने पाकिस्तान जाने चाहना रहेकाे उनकाे भनाइ छ ।

अमाना र सुदिनले फागुन १२ गते देवानी संहिता मुलुकी ऐन २०७४ को दफा ७७ बमोजिम ‘मञ्जुरी भयौँ’ भनि जिल्ला अदालत बागलुङमा विवाह दर्ता गराएका थिए । बिवाह दर्ताको १८ दिनपछि पाकिस्तानी अमानाले जिल्ला प्रशासन बागलुङबाट बैवाहिक अंगिकृत नागरिकता पाइन् । दुई फरक–फरक देशका भएपनि मन मुटु एकै भएकाे प्रतिक्रया  दिएका छन् ।

कसरी पुग्याे साथीदेखिकाे सम्बन्ध  विवाहसम्म ?

प्राविधिक विषय अध्ययनरत आमना र संगीतका विद्यार्थी सुदिनबीच काठमाडौंमा पहिलो भेट भयो । त्यतिबेला अमाना काठमाडौंस्थित भद्रकाली आईटीकलेजमा अध्ययनरत थिइन् । साथीहरूमार्फत भेट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध बस्यो । उक्त प्रेमलाई भूगोल, जात, धर्म र संस्कृतिले छेकेन ।

काठमाडौं बसाईका क्रममा अमानाले नेपाली साथीहरूको संगतमा नेपाली भाषा पनि सिकिन् । साथीहरूकै समूहमा घुम्ने क्रममा सुदिन आचार्यसँग उनको परिचय भयो । सामान्य चिनजानपछि उनीहरू फेसबुकमा जोडिए । दुई वर्षदेखिको फेसबुके सम्बन्धले उनीहरूलाई दैनिक भेटघाट हुने वातावरण बनाइदियो । त्यही फेसबुक मार्फत बसेको प्रेम सम्बन्ध अहिले बिवाहमा परिणत भएको छ ।

प्रेम सम्बन्ध झाँगिएपछि सुदिन आचार्यले आफ्ना बुबा टीकारामलाई सम्बन्धको बारेमा सुनाए । आचार्यका बाबुले पाकिस्तानी अमानाको बुबा मोहम्मद सफिकलाई चिठी लेखे । विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको उल्लेख गर्दै उनीहरुको विवाह गरिदिने प्रस्ताव सहितको चिठी टीकारामले पाकिस्तान पठाए । फोनमै अमानाले आफ्नो चाहना सुदिनसँग बिवाह गर्ने बताइन् र यसका लागि आफ्ना पिता मोहम्मद सफिकको पनि स्वीकारोक्ती रहेको सुनाइन् ।
कानुनी रुपमा बिवाह दर्ता गरेकी अमानाले चैत १ गते जिल्ला प्रशासन बागलुङ पुगेर बैवाहिक अंगिकृत नागरिकता लिइन् ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार देवानी संहिता ७४ को दफा ७७ बोमोजिम अमानालाई बैवाहिक अंगिकृत नागरिकता प्रदान गरियो । आईटी अध्ययनरत अमानाले अब नेपालमै बसेर काम गर्ने बताएकी छन् ।
सामाजिक रूपमा समस्या पर्न सक्ने भएपछि आजकाल अन्तरजातीय, अन्तरधार्मिक विवाहहरु अदालतमै पुगेर गर्ने क्रम बढ्दो छ ।

जात, धर्म, रङ्ग र भूगोलका आधारमा विभेद विद्यमान रहेका बेला सुदिन र अमानाको जोडी उदाहरणीय बनेको छ । यो जोडीले माया र प्रेमको दायरालाई पनि फराकिलो बनाएको छ । यसअघि आफ्नो जात र धर्मभन्दा बाहिर गएर बैवाहिक सम्बन्ध बनाउनु हुँदैन भन्दै आएको हाम्रो समाजले यस्ता उदाहरणबाट निकै सकरात्मक सन्देश लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्