७ बैशाख २०८१, शुक्रबार

 

नेपालकी बुहारी बन्दै बलिउड अभिनेत्री कपूर

काठमाडौं ।बलिउड अभिनेत्री श्रद्धा कपुर एक फोटो ग्राफरसँग प्रेम सम्बन्धमा रहेको मिडिया रिपोर्टमा सार्वजनिक भएको छ। बलिवुडका चर्चित फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको प्रेमसम्बन्धरहेको रिपोर्ट सार्वजनिक भएको हो । श्रद्धाले रोहनसँग घरजम गर्न लागेको समाचार तातिएको छ । केहि समय अघि वलिउड अभिनेता फरहान अख्तर र आदित्य राय कपुरसँग श्रद्धाको प्रेमसम्बन्धमा रहेको समाचार पनि सार्वजनिक भएको थियो ।

श्रद्धा बाल्यकालका साथी रोहनसँग विवाहको तयारीमा रहेको डिएनएले लेखेको छ । रोहन नेपाली मूलका हुन् । उनका पिता राकेश श्रेष्ठ नेपाली हुन् जो कामको सिलसिलामा मुम्बई पुगेर उतै स्थापित भएका थिए । ३३ बर्षिय अभिनेत्री श्रद्धा र रोहन अर्को वर्ष अप्रिल, मेसम्म घरजम गर्ने तयारीमा रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

श्रद्धासंग प्रेमसम्बन्धमा रहेका फोटोग्राफर रोहन बलिवुडका चर्चित फोटोग्राफर राकेस श्रेष्ठका छोरा हुन् । श्रद्धासंगै स्कुल र कलेज पढेका रोहनको बलिवुड अभिनेता अर्जुन कपुर, वरुण धवन, रणवीर सिंह र रणवीर कपुरसँग अत्यन्त नजिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्