१३ बैशाख २०८१, बिहीबार

 

महिला उद्यमी विकास समितिको ८ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा केसी

बागलुङ ।बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको २० औँ साधारण सभा तथा ८ औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको हो ।जस्को अध्यक्ष भगवती केसी, उपाध्यक्ष–सनिसा घर्ती, सचिवजुनु श्रेष्ठ जिसी, कोषाध्यक्ष विष्णुकुमारी शर्मा, सहसचिवसिता राजभण्डारी सर्वसम्त रुपमा चयन हुनुभएको हो ।

साथै महिला उद्यमी विकास सतिमिमा लक्ष्मी पौडेल खत्री, नारायणदेवी राजभण्डारी, मेनुका शाक्य, कल्पना श्रेष्ठ, पविना भारी, नन्दकली अधिकारी, शेरातुन बेगम, विजया श्रेष्ठ र रेणु केसी सदस्य रहनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्नु हुदै पुर्व सांसद रत्ना शेरचनले महिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिंक बजारसंग जोड्नु पर्ने विचार व्यक्त गर्नु भयो ।व्यापार व्यवसायमा महिलाको उपस्थिति बढाउनु पर्ने धारणा सांसद शेरचनले. व्यक्त गरिन ।

नेपाल उघोग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले महिलाहरुलाई आय आर्जनसंग जोड्न महिला उघमी समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गर्नु भयो । 

कार्यक्रममा बागलुड उघोग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारी पुर्व अध्यक्ष जयराम भारी ,नेपाल पत्रकार महासंघ बागलुड शाखाको अध्यक्ष दिल शिरिष ,वडा अध्यक्ष लक्ष्मी बास्कोटा ,महिला संजालको अध्यक्ष मन्जु क्षेत्री ,महिला उघमी विकास समितिको पुर्व अध्यक्ष रुद्रा केसी ,महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।समितिको अध्यक्ष भगवती केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष उषा पौडेलले र संचालन सचिव अम्विका बस्नेतले गरेकी थिइन ।

 

प्रतिक्रिया दिनुहोस्