१५ चैत्र २०८०, बिहीबार

 

रोमबाट चिनियाँ राष्ट्राध्यक्षको युरोपेली कुटनीति शुरु !

काठमाडाैं । विशेष विमानद्वारा एघार घण्टाको उडानपश्चात् चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ मार्च २१ तारिख राती रोमको फियूमिछिनो विमानस्थलमा अवतरण गरेका छन्। विमानस्थलमा भाषण गर्दै राष्ट्राध्यक्ष सीले चीन र इटालीबीचको सहयाेग आदानप्रदानको इतिहास र आपसी दौत्य सम्बन्ध स्थापित  भएकाले विकास  र उपलब्धि प्रभावकारी  भएकाे बताए ।

उनले इटालीका नेताहरुसँग भेटवार्ता गरेर चीन र इटालीबीचको भावी सम्बन्धको विकासका लागि योजना बनाउने अपेक्षा व्यक्त गरे । उनकाे विश्वास छ, यी दुबै पक्षको संयुक्त प्रयासमा चीन र इटालीबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धले अझ भविष्यको राम्राे हुनेछ। यस वर्ष चीन र इटालीबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १५ औं वार्षिकोत्सव हो।

इटाली सन् २०१९ मा राष्ट्राध्यक्ष सीको  विदेशी भ्रमणको पहिलो गन्तव्य हो। जसबाट चीनले युरोपसँगको सम्बन्धलाई निकै जोड दिएको  छ। इटालीका प्रधानमन्त्री ग्यूसेप कोन्टेले हालै सञ्चार माध्यमसँग कुराकानी गर्दै राष्ट्राध्यक्ष सीसँग  “एक पेटी एक मार्ग” सहयोगात्मक प्रस्ताव सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्