१६ चैत्र २०८०, शुक्रबार

 

निर्मला प्रकरण : १० लाख बुझाउन नसके विष्टलाई कारागार पठाउनु

कञ्चनपुर । निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख धरौटीमा छाड्न जिल्ला अदालतले आइतबार आदेश दिएको हो । १० लाख धरौटी बझाउन नसके विष्टलाइ  कारगार पठाउन आदेश दिएको हाे । गत मंगलबार अदालतमा उपस्थित भएका विष्टको बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो । यसअघि अदालतमा उपस्थित भएका ६ प्रहरीलाई पनि धरौटीमै छाड्न आदेश दिएको थियो ।

यातना र प्रमाण नष्टको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन डिएसपी अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन् । फागुन २२ गते जिल्ला सरकारी वकिलको कार्यालयले यातना र प्रमाण नष्टको मुद्दा अदालतमा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्