११ बैशाख २०८१, मंगलवार

 

मुस्लिम आयोगको अध्यक्ष विरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । विवादीत छबिका समीम मियाँ अन्सारीलाई सरकारले मुस्लिम आयोगको अध्यक्षमा नियुक्त गरेपछि बदरको माग गर्दै मुस्लिम नेपाली नागरिक अब्दुल सलामले सर्वाैच्च अदालतमा रिट दायर गरेका छन् । नेपालमा पहिलो पटक संबैधानिक मान्यता पाएर बनेको मुस्लिम आयोगमा पहिलो नियुक्ती नै विवादीत हुन पुगकाे छ ।

गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी हुन् । अन्सारीको जन्ममिती, दोहोरा नागरिकता र शैक्षिक प्रमाण पत्र विवादित रहदाँरहदै सरकारले उनलाई नियुक्त गरेको रोष प्रकट गर्दै कपिलवस्तुका मस्लिम युवा अब्दुल सलामले रिट दायर गरेको नेकपा ईत्तेहद संगठनका प्रमुख सिराज फारुकीले जानकारी गराए ।

पार्टीमा समेत विवाद उत्पन्न भएका ब्यक्ति भएको जानकारी गराउदै सरकारले गरेको निणर्यमा आफुले कसैको पक्ष वा बिरोध नगर्ने उनले बताए । बदरको माग गर्दै रिट दायर गर्ने अब्दुल सलामले गैर नागरिक ब्यक्तिलाई सरकारले जानकारी गराउँदा गराउँदै नियुक्ती गरेकोले प्रवृती बिरुद्ध अदालत समक्ष पुगेको बताए ।

उनले भने ‘आशा न्याय हुनेछ ।’ त्यस् क्रममा उनले संसदको सबैधानिक समिती र सरकारलाई समेत विपक्षी बनाएको बताए । उनले संसदको संदीय समितीमा अन्सारी विवादीत व्यक्ति भएको जानकारी गराउदै लिखित उजुरी गरेका थिए । तर पनि सरकारले आयोगमा विचाराधीन म्याद गुजारेर चोरबाटो अपनाउदै उनलाई नियुक्त गरेकोले नियुक्ती बदर गर्न माग गर्दै रिट दायर गर्नु परेको सलामले बताए ।

प्रतिक्रिया दिनुहोस्