१३ बैशाख २०८१, बिहीबार

 

बुर्तिबाङका सबै केन्द्रमा परीक्षा मर्यादित

छविलाल पाण्डे  । आइतबार देखि शुरु भएको माध्यमिक परीक्षा (एसइई) अन्र्तगत अनिवार्य अँग्रेजी विषयको परिक्षा भएकाे छ ।  जसमा बागलुङको परीक्षा केन्द्रहरुमा मर्यादित रुपमा परीक्षा भएको हो । ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगँगा मावि परीक्षा केन्द्रमा कुल २ सय ३६ जना परीक्षार्थीले परीक्षामा सामेल भएका छन् । जसमा १ सय २१ छात्र १ सय १५ छात्राले परीक्षा  सहभागि रहेकाे केन्द्राध्यक्ष इशवरी प्रसाद पौडेलले बताए ।

रिभरहेड बोर्डिङ केन्द्रमा रेगुलर १ सय ८३ , ग्रेड बृद्धि तर्फ १३ जना परीक्षार्थी मध्य रेगुलर तर्फ ७८ जना छात्रले परीक्षा दिएका छन् । छात्रा  १०४ जना मध्ये १ जना अनुपस्थित रहेका करण १०३ जना परीक्षामा सहभागी भएकाे केन्द्राध्यक्ष कमल भुसालले बताए ।

उनका अनुसार १३ जना ग्रेड बृद्धि मध्ये ८ छात्रमा ४ जनाले मात्रै सहभागिता जनाएका छन् । ५ जना छात्रा मध्ये १ जना अनुपरस्थित रहँदा ४ जनाले सहभागिता जनाएका हुन् । जनता आवासीय परीक्षा केन्द्रमा २ सय ३७ परीक्षार्थी मध्ये रेगुलर तर्फ १ सय १ जना छात्र र १ सय ३६ जना छात्राले सहभागिता जनाएका छन् । १ जना ग्रेड बृद्धि दिने परीक्षार्थीले अनुपस्थित भएको केन्दाध्यक्ष पुरन पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्