१३ बैशाख २०८१, बिहीबार

 

यसकारण छोडे राजु मास्टर र बल्छीले मेरी बास्सै !

काठमाडौं । करिब एक दशक अगाडिदेखि सीताराम कट्टेल (धुर्मुसं) र केदार घिमिरे (माग्नेबुढा)ले शुरु गरेको नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ ले शुरुमा निकै लोकप्रियता कमाएको थियो । तर, पछिल्लो समय उक्त श्रृंखलाबाट केदार घिमिरे अलग भए । यसैगरी सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धुर्वेले सो श्रृंखला अगाडि बढाउने जिम्मेवारी पाएका थिए ।

तर, यतिखेर फेरि टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमूख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे) र राजु पौडेल (राजु मास्टर)पनि अलग भएका छन् । उनीहरुले सो टेलिश्रृंखलामा अभिनय र निर्देशन गर्दै आएका थिए ।

उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाइ छ । मिडिया हबका प्रमूख सोम धितालले सहमतिमै उनीहरु अलग भएको प्रतिक्रिया दिएका छन् । साथै मंगलबार प्रशारण हुँदै आइरहेको कार्यक्रम नरोकिने पनि उनले बताए ।

‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिनेछौं । यदि कोही नपाएमा मिडिया हबको टिम पनि यत्तिको कार्यक्रम निर्देशन गर्न सक्षम छ,’ धितालले दाबीका साथ भने  राजु मास्टर र बल्छी धुर्वेले मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा समय खर्चिन थालेको उनको आरोप छ ।

धितालले भने, ‘उहाँहरुलाई मैले कि मेरी बास्सैमा मात्रै केन्द्रित हुनुस्, कि छोड्नुस भनेर अप्सन दिएको थिएँ । उहाँहरुले छोड्ने निर्णय लिनुभयो ।’ यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका छन् । अहिले भने पैसाको इस्यू नभएको धिताल बताउँछन् । ‘अहिले हामीले समयमै पैसा भुक्तानी गर्दै आएका छौं ।

प्रतिक्रिया दिनुहोस्