१५ चैत्र २०८०, बिहीबार

 

जेसिबिले पल्टाएको ढुंगाले लागेर किशोरीको मृत्यु

इलाम । जेसिबीले बाटो खन्ने क्रममा पल्टिएको ढुंगाले लागेर एक बालिकाको मृत्यू भएको छ । आज दिउँसो पात पतिंगर बटुल्न गएकी इलाम नगरपालिका ८ की देवी न्यौपानेकी १३ वर्षिय छोरीको मृत्यू भएको हो । इलाम नगरपालिका ८ स्थितगरिमाटोल अन्तर्गत भित्रि कच्ची सडकमा बाटो खन्ने क्रममा बाटो पल्टाएको ढुंगाले लागेर बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

ढुङगाले टाउकोमा लागेकी बालिकाकोे घट्नास्थलमै मृत्यू भएको थियो । जेसीवि चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्