१५ चैत्र २०८०, बिहीबार

 

क्षयरोगीको मृत्यु न्युनीकरण गर्न मन्त्री यादवको आग्रह

सन्ताेष श्रेष्ठ

काठमाडौं । विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्षयरोग नेपालमा मृत्युका कारक रोग मध्ये सातौं नम्बरमा पर्ने गरेको जानकारी गराउदैं उक्त रोगबाट मृत्यु हुने संख्यामा न्युनीकरण गर्न आवश्यक रहेको बताए । नेपालमा प्रतिदिन १८ जना क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।

मन्त्री यादवले क्षयरोगीलाई समाजिक विभेद गर्न नहुने बताए । यो रोग उपचार पश्चात निको हुने भएकोले रोगीलाई अन्य रोगी सरह व्यवहार गरेर उनीहरुको आत्मबललाई उच्च राख्न सकिने उनको भनाई थियो । उनले भने,‘क्षयरोग बिरुद्ध जनचेतनाका कार्यक्रम अझै प्रभावकारी बनाउन आवश्यक छ । स्थानीय तहसम्म रोगको परीक्षण तथा उपचारको दायरा बढाउन सरकारले कार्यक्रम ल्याउदैछ ।’

सार्क क्षयरोग केन्द्रका निर्देशक डा.भीम सिंह तिकंरीले सन् १८८२ मार्च २४ मा पहिलो पटक क्षयारोगको किटाणुको पत्ता लागेकोले त्यस दिनलाई टीबी दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउन लागिएको जानकारी गराए । सन् १९८२ ठीक एक सय वर्षपछि दिवसका रुपमा मनाउन लागेको तिंकरीले बताए ।
यस बर्षको नारा ‘ समय अबको क्षयरोग अन्त्यको ।’ भन्ने नारा सहित राजधानीमा कार्यक्रम गरी यो दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तिकंरीका अनुसार गत बर्ष ३२ हजार ४ सय ४४ टीबीका नयाँ बिरामी पत्ता लगाइ केन्द्रको उपचार प्रणली अनुसार उपचार भैरहेको जानकारी गराए । त्यसैगरी बार्षिक करिब १३ हजार क्षयरोग संक्रमित रोगी उपचारका लागि सम्पर्कमा नआएको तथ्यांक प्रस्तुत गरे । तिकंरीले क्षयरोग लागेका र उपचारमा संलग्न बिरामीको एकीकृत तथ्यांक संकलन कार्य भैरुहेको उनले बताए । नेपालमा पहिलो पटक यसरी तथ्यांक संकलन कार्य भैरहेको जानकारी गराउदै ८० प्रतिशत भन्दा धेरै कार्य पुरा भएको प्रगती विबरण उनले बताए । सरकारसँग औषधी पर्याप्त रहेपनि वितरण सन्तोषजनक रुपमा नभैरहेको उनले जानकारी गराए । परिवर्तित संरचनाका कारण कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाबाट रिपोर्टिङ हुन नसकेको उनले जानकारी गराए ।

स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले उपचार अभावमा अझैपनि क्षयरोगबाट मृत्यु स्वास्थ्य प्रणालीको असफलता रहेको बताइन् । उनले गतबर्ष मार्च महिनामा सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेको बताइन् । परिवर्तित संरचनाको अवस्थामा कार्यक्रम कार्यन्वयनको मुख्य जिम्मेवारी स्थानीय तहको रहेकोले स्वास्थ्य उपचारमा समेत चुस्तता आउन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्