१६ चैत्र २०८०, शुक्रबार

 

ठूलाबेसीमा मोटरसाइकल दुर्घटना,३ जना घाइते

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ दारेगौडामा मोटरसाइकल दुर्घटना भएको छ । ठूलाबेशीदेखि ग्वालीचौर आउँदै गरेका लु ३२ प ६५९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मीको मुसिकोट नगरपालिका – १ अरेवाका २२ वर्षीय करण बलामी, २२ वर्षीय सुरेश श्रेष्ठ र २१ वर्षीय सन्तोष विक घाइते भएको खार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराइले जानकारी दिए । घाइतेहरुको बडिगाड पोलिक्लिनिकमा उपचार भइरहेको बताइएको छ । मोटरसाइकल अत्याधिक तिव्र गतिमा हुँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्